। राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ’चुडामणी बरालको स्मृतिमा
पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
संघले तीनवटा विधा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बरका युवा व्यवसायी, ब्रुनाई ज्वेलर्स सुनचाँदी पसलका संचालक अर्जुन रसाईली सुनार र श्रीमती नीता रसाईलीको सहयोगमा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले पुरस्कार स्थापना गरेको हो । चुडामणी बरालको स्मृतिमा पुरस्कार स्थापनार्थ राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखा र अर्जुन रसाईली सुनारबीच आज नारायणगढमा सम्झौता समेत भएको छ । सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष अमिर रामदाम र पुरस्कार दाताको तर्फबाट अर्जुन रसाईली सुनारले हस्ताक्षर गरेका छन्। पुरस्कार प्रदान गर्न अर्जुन रसाईली सुनारबाट वार्षिक रूपमा पुरस्कार राशी संघलाई प्रदान हुने र त्यसपछि वितरण गरिने सम्झौता पत्रमा उल्लेख छ ।
सो क्रममा बोल्दै युवा व्यवसायी अर्जुन रसाईली सुनारले यो पुरस्कार उहाँको ससुरा बुबा स्व.चुडामणी बरालको नाम चिरस्थायी रहोस् भन्ने उद्देश्यले स्थापना गर्न सहयोग गरिएको बताए । उत्त पुरस्कार हरेक वर्ष नेपालभरीका दलित पत्रकारहरू मध्येबाट एक जना, चितवनका दलित पत्रकारहरू मध्येबाट एक जना र चितवनका क्रियाशील पत्रकारहरू मध्येबाट एक जना गरी तीन जना पत्रकारहरूलाई प्रदान गरिनेछ । पुरस्कारको राशी १५ हजार रूपियाँ , ५ हजार रूपियाँ ५ हजार रूपियाँको रहने बताईएको छ । समय अनुसार वृद्धि गर्दै लगिने राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले जनाएको छ । पुरस्कार पहिलोपटक चितवन शाखाको प्रथम साधारण सभामा वितरण गरिनेछ ।
पुरस्कारलाई व्यवस्थित बनाउन संघका चितवन शाखा अध्यक्षको संयोजकत्वमा कोष सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरिनेछ । यसैगरी पुरस्कार छनौटका लागि पनि चितवन शाखाले अध्यक्षकै संयोजकत्वमा छनौट समिति गठन गरी नाम तय गर्ने जनाइएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा संघका चितवन शाखा अध्यक्ष अमिर रामदामले नेपालभरीका दलित समुदायको पत्रकार, चितवनका दलित समुदायको पत्रकार र चितवनका क्रियाशील पत्रकारहरूलाई यो पुरस्कारले थप प्रोेत्साहन र उर्जा थपिर्ने बताए । यसले पत्रकारहरुको दक्षता र सीप विकासमा सहयोग पुर्याउने पनि अध्यक्ष रामदामको भनाई थियो । पत्रकारिता पेशामा रहेर काम गरेका पत्रकारिता पेशामा सक्रिय रही नेपालको विकासमा महत्वपूर्ण योगदान पुर्याएकालाई सम्मानित तथा कदर गर्न, पत्रकारिताको विकासमा योगदान पुर्याउन साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा योगदान गर्न पुरस्कारले टेवा पुरयाउने विश्वास संघको छ ।
राष्ट्रिय पुरस्कार प्राप्त गर्ने पत्रकारको हकमा कम्तिमा १० बर्षसम्म दलित मुद्दाको सवालमा सशक्तरुपमा पत्रकारिता गरेको हुनुपर्ने र अन्य दुई पुरस्कार प्राप्त गर्ने पत्रकारको हकमा कम्तिमा १० वर्ष सम्म चितवनमा रहि दलित समुदायको सवालमा शसक्त पत्रकारिता गरेको हुनुपर्ने, संघको सदस्य हुनुपर्ने र आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गर्न भुमिका खेलेको हुनुपर्ने छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालका बागमती प्रदेश सदस्य अशोक परियार, संघका चितवन शाखा कार्यसमिति सदस्यद्वय सन्तोष विश्वकर्मा, सन्तोष परियार र संघका चितवन शाखा कानुनी सल्लाहकार समेत रहनुभएका कानुन व्यवसायी अधिवक्ता जीवनज्योति विश्वकर्माको उक्त सम्झौता कार्यक्रममा सहभागिता रहेको थियो।
दलित पत्रकार संघ, चितवनले गर्यो स्व.चुडामणी बरालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघ, चितवनले गर्यो स्व.चुडामणी बरालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु