चितवन । दुबै मृगौला खराव भई उपचाररत कास्की अन्नपुर्ण गाँउपालिकाका ३४ बर्षिय सुर्य बहादुर गुरुङलाई अमेरीका निवासी समाजसेवी तथा सफल युवा व्यवसायी टेक गुरुङ तथा अर्का समाजसेवीसुशिल कुमार क्षेत्रीले सहयोग प्रदान गरेका छन ।अमेरिका निवासी अन्य सहयोगी मनहरुको समेत सहयोग मा निदान अस्पताल मा उपचाररत गुरुङलाई २ लाख रुपैया सहयोग प्रदान गरिएको हो । मृगौला पिडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले उक्त रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नु भएको हो ।
ललितपुरको कुसुन्ती बस्दै आएका उनको २८ बर्ष को उमेरमा मृगौलामा खराबी देखिएको थियो । दुबै मृगौला फेल भएको थाहा भएपछि तत्कालिन समयमा आफ्नै बुबाको मृगौला प्रत्यारोपण गरिएकोमा ६ बर्षको अन्तरालमा पुन उनको मृगौला फेल भएको थियो । हाल आफ्नै दिदीको मृगौला प्रत्यारोपण गर्ने तयारी गरिएको परिवारजनले जनाएको छ । मृगौला पीडित असहाय संरक्षण केन्द्रका सँस्थापक अध्यक्ष सुनिल कुमार क्षेत्रीको पहलमा उनलाई सहयोग प्राप्त भएको हो ।
बिषेशगरी मृगौला पीडितहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने हेतुले स्थापना भएको उक्त संस्थाले मृगौला पिडितहरुका लागि बिभिन्न समयमा सहयोग उपलब्ध गराउदै आएको संस्थाका अध्यक्ष क्षेत्रीले बताए । क्षेत्रीले आफ्नो व्यक्तिगत तर्फबाट पनि सिड पीडित ,क्यान्सर पीडित,अशक्त ,तथा लकडाउनका बेला समस्यामा परेका बिपन्न बर्गका ब्यक्तिहरुलाई खुलेर सहयोग गर्दै आएका छन ।