चितवन – सहिद स्मारक सी डिभिजन लिग छनोट खेल्नका लागि सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएफसी) काठमाडौं प्रस्थान गरेको छ । टोली आज (आइतबार) बिहान काठमाडौं प्रस्थान गरेको हो ।
टोलीलाई आज भरतपुर महानगर प्रमुख रेनु दाहाल, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, क्लबका अध्यक्ष ॠषि थापा, क्लबका संरक्षक तथा अन्य पदाधिकारीलगायतले बिदाई गरे ।
बिदाई कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले क्लबलाई राम्रो प्रदर्शन गर्दै सी डिभिजन छनोटको शुभकामना दिईन् । उनले महानगरले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सबै वडामा मैदान निर्माण गरिरहेको बताईन् । चितवनमा अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण भइरहेको भन्दै उनले निर्माण सम्पन्न भएपछि यहाँ ठुला प्रतियोगिताहरु आयोजना गर्न सकिने बताईन् ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले अनुशासित भइ खेल प्रदर्शन गर्न आग्रह गरे । उनले सी डिभिजनका लागि छनोट हुने लक्ष्यका साथ मैदान उत्रिन खेलाडीहरुलाई शुभकामना दिए ।
टिम म्यानेजर ध्रुब भुसालले सी डिभिजन लिग छनोटका लागि खेलाडीहरुले निकै मेहेनत गरिरहेको बताए । खेलाडीहरुको आत्मविश्वास नै टिमको उत्कृष्ट पक्ष भएको उनको उनको भनाइ थियो ।
मुख्य प्रशिक्षक कृष्ण कार्कीले टिम उच्च मनोबलका साथ मैदान उत्रिने बताए । उनले बिएफसी सी डिभिजन छनोट हुने लक्ष्यका साथ मैदान उत्रिने बताए । टिमवर्क र खेलाडीहरुबीच राम्रो समझदारी भएकोले बिएफसी सी डिभिजनमा बढुवा हुने विश्वास रहेको उनको भनाई थियो ।
छनोटमा बिएफसी समूह ‘पी’ मा परेको छ । यो समूहमा मनमैजु फुटबल क्लव काठमाडौं र हिमालय युवा क्लव कैलाली रहेका छन् । चितवनको पहिलो खेल भदौ २९ गते मनमैजु काठमाडौंसँग छ भने दोस्रो खेल ३१ गते हिमालय क्लव कैलालीविरुद्ध रहेको छ । बीएफसी चितवनबाट सी डिभिजन छनोट खेल्ने एक मात्र क्लब हो ।
बिएफसीको टिम :
गोलरक्षक : आकाश बुढा, राजेश खड्का र अदित गुरुङ
डिफेन्डर : विपिन मल्ल (कप्तान), अर्जुन बिष्ट, विशाल विक, विवेक मगर, राजन गुरुङ र निपेश गुरुङ
मिडफिल्डर : रोजल दाहाल, अभिषेक चापागाई, सन्दीप सिन्चुरी, सुशान गुरुङ र सुरज मल्ल
स्ट्राईकर : राज भुसाल, बिष्णु नेवार, अमित सुनार, सागर तमाङ र नुर्वल राना
वैकल्पिक खेलाडी : सुरज केसी, ब्रजेश तमाङ, रोशन गुरुङ र बिक्रम थापा मगर
मुख्य प्रशिक्षक : कृष्ण कार्की
टिम म्यानेजर : ध्रुब भुसाल