चितवन, भदौ २५ – नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सबैको चासोको बिषय वनेको भरतपुर महानगरपालिका । यस पालिका बिषेश गरि प्रतिनिधि सभा निर्वाचनका दुई वटा क्षेत्र जोडीएर वनेका कारण पनि यसलाई चासोको रुपमा हेरिएको छ ।
महाधिबेशन नजिकिदैं जाँदा यहाँको काँग्रेसको सभापति वन्नका लागि बिभिन्न व्यक्तिहरु मैदानमा रहेका छन् । नगर सभापतिका लागि दौडमा रहेका पाँच जना उम्मेदवार मध्ये को बलियो होला भन्ने बिषयमा सबैको चासोको बिषय रहेको छ ।
यहाँको सभापति वन्ने दौडमा रहेका सबै उम्मेदवार आँफैमा वलिया उम्मेदवार रहे पनि मतको हिसाबले कस्ले बाजि मार्ला भन्ने बिषय अहिले चासोको विषय वनेको छ । जिल्लाका ९८ वटै वडाको अधिबेशन सम्पन्न हुने तयारीमा रहेको समयमा सबैको चासोको बिषय महानगर सभापतिको रहेको छ । यसै क्रममा अन्य उम्मेदवार भन्दा भरत अधिकारी वलियो उम्मेदवारको रुपमा रहेको पाईन्छ
१५ वर्षको उमेर देखि राजनितिमा लाग्नु भएका अधिकारी काँग्रेसको बिभिन्न तहमा रहेर काम गरि सक्नु भएको छ । १३ औं महाधिबेशनमा भरतपुर उपमहानगरपालिकाको सभापतिमा निर्वाचित अधिकारी अहिले महानगर वनि सके पछि पनि सभापतिकै जिम्मेवारीमा रहनु भएको छ ।
तदर्थ समितिको संयोजकको रुपमा भए पनि उहाँले अहिले काँग्रेसलाई चलायमान वनाउने काम गर्दै आईरहनु भएको छ । यसो भन्दै गर्दा अहिले सम्म भरतपुरका २८ वटा वडाको अधिबेशन सम्पन्न भई सकेको छ । ती वडामा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरुमा अधिकांश अधिकारीका समर्थक रहेका छन् । पाँच वर्ष उपमहानगर हुँदै महानगरको सभापति वन्नु भएका अधिकारी क्रियाशिल सदस्य देखि क्षेत्रीय प्रतिनिधिहरुमा अपरिचित नाम भने होईन ।
क्षेत्रीय प्रतिनिधि देखि क्रियाशिल सदस्यहरुमा परिचित र भरतपुर महानगरको न्यायीक समितिमा रहेर काम गरेकै कारण उहाँ संग नठोक्कीने कोहि छैन । कुलो पानी, आठा, साद र घरायसी बिभिन्न समस्या लिएर जाँदा उहाँले सके सम्म मिलाएर पठाउने गरेकाले पनि उहाँ प्रति केही नरम भएको देखिन्छ । अन्य उम्मेदवारहरुको हकमा महानगरबासिले नाम समेत नसुनेका र बिद्यार्थी राजनिति गरेका रहेकाले नेतृत्व छनोटमा प्रतिनिधिहरुले विवेक पूर्ण निणय लिन सक्ने देखिएकाले अधिकारी पुनः महानगरको सभापति वन्ने देखिन्छ ।