अहिलेको वर्तमान परिप्रेक्ष्यमा मानिसका दैनिक आधारभुत आवश्यकतामा गास, बास, कपासको साथसाथै शिक्षा, स्वास्थ्य , रोजगारी आदि प्राथमिकतामा पर्दै गएका छन । मानिसका दैनिक जीवनदेखि मानिसको उज्ज्वल भविष्यका लागि पनि मानिसले आफ्नो दैनिकीलाई व्यस्त बनाउंँदै लगेका छन । विगतका बर्षहरुमा मानिसले आफूलाई अभ्यस्त बनाउन कृषिकर्म , घरायसी काम लगायतका काममा व्यस्त हुनुपथ्र्यो र रोजगारीको लागि सरकारी निकाय तथा विदेशतिर जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय हरेक क्षेत्रमा आमुल परिवर्तन आईसकेको छ ।
समय परिवर्तन भएसंँगै मानिसले अन्य स्थानमा आफूलाई रोजगारीका अवसरहरु सिर्जना हुंँदै गएको छ । मानिसले आफ्नो जीवनशैलीलाई आधुनिकता र सहजता लाने क्रममा मानिसहरु रोजगारको लागि नीजि संस्था ,व्यवसाय, शैक्षिक संस्था, होटल रेष्टुरेण्ट लगायतका व्यवसायिक प्रतिष्ठानमा फड्को मार्न थाले । फलस्वरुप शहरका मुख्य केन्द्रहरुमा जब सेन्टरको आबश्यकता महसुस गर्न थालियो ।काठमाडौंमा एक दशक अघिदेखि जबसेन्टरको अभ्यास हुंँदै रोजगारी प्रदान गरिंँदै आएपनि पछिल्लो समय यस्ता जब प्रदायक संस्थाहरु काठमाडौं बाहिर पनि पनि खुल्न थालेका छन ।
झण्डै २ बर्षदेखि चितवन आधार क्षेत्र बनाएर नारायणगढको मिलनरोड सञ्चालनमा ल्याइएको रियल जब सेन्टरले छोटो समयमै आफूलाई स्थापित गर्न सफल भईसकेको छ । रियल जब सेन्टरले चितवन लगायत यसका छिमेकी जिल्लाहरुका जब सिकरलाई काम र रोजगारी दिएर यस व्यवसायमा आफूलाई अलग्गै पहिचान बनाईसकेको छ ।
बिशेषगरी बेरोजगारी युवाहरुलाई सही ठाउंँमा रोजगारी प्रदान गरी बेरोजगारी घटाउने र जब सिकरलाई सन्तुष्ट दिने उदेश्य सहित सञ्चालनमा आएका रियल जब सेन्टरको लक्ष्य, उद्धेश्य र योजना लगायत यसका अन्य विविध विषयमा केन्द्रित रहेर रियल जब सेन्टरका प्रबन्ध निर्देशक यदु पौडेल संँग सत्यतथ्य समाचारले गरेको कुराकानीको अंश ।
तपाईमा चितवनमा कसरी जब सेन्टर सञ्चालन गर्नुपर्छ भन्ने अवधारण आयो ?
सूचना प्रविधि एवं व्यवसायको विस्तार संँगै चितवनमा पनि जब भ्याकेन्सी दिने र जब सिकरको आबश्यकता देखियो । जब दिने जब प्रदायक संस्था र जब खोज्नेको दुरी घटाउनका लागि चितवनमा पनि केही गरौ भन्ने हिसाबले मैले जबसेन्टरको अबधारणा ल्याएको हो । म आफै विभिन्न शैक्षिक संस्था, शैक्षिक परामर्श संस्था, ट्युसन सेन्टर, संचार कर्ममा काम गर्दै जांँदा विभिन्न व्यक्तिहरुसंँग चिनजान र परिचित हुने क्रममा धेरै सक्षम बेरोजगारी भएको मैले अनुभव गरें । फलस्वरुप मैले चितवनमै यस प्रकृतिको संस्था खोलेर केही योगदान दिन्छु भन्ने भावनाका साथ जब सेन्टर सञ्चालनमा ल्याएको हो ।
तपाईले जब सेन्टर कुन उद्धेश्य सहित स्थापना गर्नुभयो ?
बास्तवमा भन्नुपर्दा चितवनमा खुलेका अन्य जब सेन्टर भन्दा रियल जब सेन्टर फरक उद्धेश्यका साथ खुलेको संस्था हो । यो एउटा नीजि संस्था भएतापनि हामीले सेवामुलक व्यवसाय अन्तर्गत सञ्चालन गर्दै आएका छौं । यस सेन्टरबाट केही मात्रमा भएपनि बेरोजगारी कम गर्ने र जब सिकरलाई काम रोजगारी दिने उद्धेश्यका साथ दुई बर्ष अघिदखि सञ्चालनमा ल्याएका हौं । जसअनुसार जब दिने र खोज्ने बीचको माध्यम बनेर, परामर्श र साथसाथै जब सिकरको योग्यता , क्षमता, सीप अनुसार एउटा कन्सल्ट्याण्टको रुपमा काम गरौ भन्ने उद्धेश्य सहित यो रियल जब सेन्टर स्थापना गरेका हौं ।
तपाईको जब सेन्टरमा ‘जब सिकर’ले के के सेवा पाउंँछन ?
मुख्य कुरा त यहांँ आउने भनेको आफ्नो क्षमता,सीप, दक्षता योग्यता अनुसारनै जब खोज्न आउने हो तर । यसका आफ्नै प्रक्रिया छन । हामीले जब सिकरको यी मापदण्ड अनुसार सेक्युरिटी गार्ड, लेखापाल,शिक्षक मेनेजर, कुक, वेटर, कालिगढ , सेल्समेन, बजार प्रतिनिधि हाउसमेड, लगायतका थुप्रै क्याटागोरीका जबको लागि परामर्श दिईन्छ । र जब सिकरले एउटा आफूले काम गर्न चाहको भ्याकेन्सी फर्म भरेपछि हामीले उनीहरुको चाहना अनुसार रोजगारी दिलाउने गर्छौं ।
जिल्लामा ४० वटा भन्दा बढी जब सेन्टर छ ती जब सेन्टर र तपाईकोमा के फरक छ ?
मैल अघिनै भनिसके यो रियल जब सेन्टर फरक उद्धेश्यका साथ सञ्चालनमा आएको संस्था हो । यो एउटा नाफामुखी नभई सेवामुखीमा केन्द्रित छ । हामीले जब लगाईसकेपछि जब सिकरलाई सन्तुष्ट पार्नु हाम्रो प्रमुख दायित्व हो । जिल्लामा लहैलहैमा , अरुको सिको गरेर भरमा कुनै अनुभव नभईकन जब सेन्टर खुल्ने क्रम पनि बढ्दो छ । जसका कारण कतिपय जब सेन्टर असफल भएका पनि छन् । जब सेन्टरको बारे कही जानकारी नलिई जब सिकरलाई भ्रमित पार्ने जब सेन्टरका कारण हामीजस्ता सेन्टरहरुलाई पनि अप्ठेरो परेको छ । म एक दशक अघि देखि विभिन्न संघ संस्था, मिडीया क्षेत्र, शैक्षिक क्षेत्रसंँग आवद्ध भएर र प्रशस्त अनुभव बटुलेर स्थापना गरेको संस्था भएकोले अन्य जब सेन्टरसंँग रियल जब सेन्टरको तुलना हुनै सक्दैन । यो चितवन जिल्लामा एउटा ब्राण्डको रुपमा स्थापित भईसकेको छ ।
तपाई आफ्ना सेवाग्राहीलाई कसरी सन्तुष्ट पार्नुहुन्छ ?
जब सिकर भनौं वा यहांँ सेवाग्राहीलाई सन्तुष्ट पार्नुनै हाम्रो मेन ‘मोट्टो’ हो । किनकी हाल सम्म म दाबीका साथ भन्छु कि यहांँ आउने कोही पनि असन्तुष्ट भएर वा अझ भनौं बेरोजगारी भएर फर्कनु परेकै छैन । हामीले सेवाग्राहीको चाहना अनुसार नै परामर्श दिन्छौं । उहांँहरुलाई जब सेन्टरको प्रक्रिया , मापदण्ड , नियमहरुका बारेमा सविस्तार जानकारी गराउँछौ । उहांँहरु कन्भिन्स भएपछि मात्रै हामी प्रक्रिया बढाउंँछौ ।
जस्तो उहांँहरु यहाँ आएपछि आफ्नो बायोडाटा र जबको प्रकृति अनुसार जानकारी दिएपछि सोही अनुसार जब सिकरलाई पायक पर्ने , उनीहरुको इच्छा अनुसारको जबको लागि परामर्श दिन्छौ । जसअनुसार उनीहरले न्यूनतम फि दिएर एउटा फर्म भर्न लगाउंँछौ । र सोही अनुसार हामीले निश्चित समय भित्र जबको प्रबन्ध गर्दछौं ।
तपाई आफैं आइलटिस ईन्स्टक्टर, शिक्षक, संचार कर्मी हुंँदै यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
यहांँ सम्म आईपुग्नुमा मेरो लामो संर्घष र अनुभव छ । छोटकरीमा भन्ने हो भने यही यात्रालेनै मलाई यो गन्तव्यको विन्दुमा ल्याएको हो । हरेक क्षेत्रको अनुभव , दक्षता, योग्यता कारण म यो क्षेत्रमा सफल भएको हुंँ जस्तो लाग्छ । म धेरै ठाउंँमा काम गरेर एउटा स्वरोजगार युवाको रुपमा स्थापित भएको हुंँ । अझ भन्ने हो भने चितवनमा धेरै सक्षम युवाहरुले जब खोज्दै गरेको देखे, उनीहरुको समस्या सुने । यी समस्याहरुलाई पनि समाधान गर्नु मेरो व्यवसायिक धर्म हो भन्ने मैले मनन गरें । केही रुपमा भएपनि बेरोजगारी समस्यालाई हल गर्न सक्छुकी भन्ने कोशिशका साथ म यो क्षेत्रमा प्रवेश गरेको हुंँ ।
देशमा यति धेरै शिक्षित बेरोजगार छन ? वैदेशिक रोजगारमा जाने पनि उत्तिकै छन ?तपाईका जस्तै जव सेन्टरले बेरोजगारी कम गर्न कसरी सहयोग पुरयाउला ?
तपाइले ठीक प्रश्न गर्नु भयो । देशमा रोजगारी हल गर्न सरकारको सिंगो प्रयासले मात्र पक्कै सम्भव छैनन । यहांँ रोजगारीका श्रोतहरुपनि कम छन । चर्को प्रतिस्पर्धा पनि छ । तर हाम्रो जस्तै जब सेन्टरहरुले आफ्नो दायित्व पुरा गरेर काम गर्ने हो भने पक्कै पनि वेरोजगारी हल गर्न सरकारलाई सहयोग पुग्छ जस्तो लाग्छ । र यो हामीले प्रमाणित गरेर पनि देखाएका छौं कि । यहाँ आउने जो कोहीले पनि बेरोजगारी भएर घर फर्कनु पर्दैन ।
प्राय: कुन भ्याकेन्सीमा बढी जवको माग हुन्छ र सप्लाई पनि कुन प्रकृतिको जबमा हुन्छ ?
अहिले हाम्रो अनुभवले के बताउंँछ भने जिल्ला लगायत देशभरमा विभिन्न व्यवसायिक प्रतिष्ठान, विद्यालय, होटल, अटोमोबाइल सेक्टर, वित्तिय सहकारी संस्था खुल्ने क्रम बढ्दो छ । ती कम्पनीहरुको मुख्य उद्धेश्य नै बजार प्रर्वद्धन गर्नुनै हो । जसले गर्दा विभिन्न कम्पनी तथा संस्थाहरुले प्रमुख प्राथमिकता भनेकै आफ्नो उत्पादन र सेवा विस्तारलाई लिएका हुन्छन । त्यसैले सबैभन्दा बढी बजार प्रतिनिधिकै बढी माग हुन्छ र आपुर्ति पनि यही प्रकृतिको जबमा हुन्छ । अर्कोकुरा यो काममा त्यति धेरै योग्यता पनि चाहिंँदैन र इच्छा शक्ति भयो भने बजार प्रतिनिधिले कमाई पनि राम्रै गर्न सक्छन । बजार प्रतिनिधि चुनौतिका साथै आकर्षणको जब भएकोले यसैमा बढी माग र आपुर्ति हुंँदै आएको छ ।
हालसम्म रियल जव सेन्टरले कति जब सिकरलाई जब प्लेसमेन्ट गरेको छ ? र दैनिक कति भिजिटर यहांँ आउंँछन ?
हामीले दैनिक रुपमा गणना त गरेका छैनौं तर औसत महिनामा ६ सयको हाराहारीमा जब खोज्न आउने गर्दछन र महिनामा १२० भन्दा बढीका जब प्लेसमेन्ट हुँदै आएको छ । यसरी हिसाब गर्दा हालसम्म दुई हजार भन्दा बढीलाई जब प्लेसमेन्ट गरिसकेका छौं ।
यहाँसम्म आईपुग्दा तपाईले कतिको सफलता प्राप्त गर्नु भएको छ र आफ्नो व्यवसाय प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
सफलताको मापदण्ड के लाई मान्ने ? मेरो हिसाबमा प्रोगे्रसिभ कामलाई मैले सफलताको कडीको रुपमा हेरेको छु । संघर्ष गर्दै जाने , आफ्नो कर्तव्य र दायित्वबाट विचलित नहुने र इमान्दारिता र मेहनतलाई निरन्तरता दिने हो भने म मात्रै होइन जो कोहीले पनि सफलता प्राप्त गर्न सक्छ । त्यसैले कुनैपनि बिषयमा चिन्ता लिएर समय खेर फाल्नुभन्दा चुनौतिसंँगै सामना गर्दै अघि बढ्नुपर्छ जस्तो लाग्छ । त्यसैले म आफ्नो दृढ विश्वासका साथ काम गर्दै आएको छु र हाम्रो सेवाग्राहीहरु पनि सन्तुष्ट हुनु भएकोले म मेरो कामबाट शतप्रतिशत सन्तुष्ट छु ।
बेरोजगारी कम गर्ने दायित्व बिशेषगरी राज्यको र नीजि क्षेत्रका संघसंस्थाको पनि हो तर तपाईले केही प्रतिशत भएपनि वेरोजगारी कम गर्न मदत गर्नु भएको छ यसमा तपाईलाई कतिको गर्व लाग्छ ?
मलाई यो गर्वभन्दा पनि व्यवसायिक धर्म हो जस्तो लाग्छ । यस क्षेत्रमा अझ धेरै काम गर्नुछ । त्यसैले मैले हालसम्म जे जति को सेवा गरे , मार्गनिर्देशन गरेंँ यसमा म अत्यन्त खुशी छु ।
रियल जब सेन्टरका भावी कार्ययोजना र लक्ष्य के के छन ?
हाम्रो रियल जब सेन्टर मुख्य योजना भनेको यसको शाखा विस्तार गर्नु हो हुनत हाम्रो कार्यालयमा नवलपरासी , धादिङ्ग, लमजुङ्ग, गोर्खाबाट पनि जब सिकरहरु आउनुहुन्छ । तर उहांँहरुलाई यहांँ आएर सम्पर्क गर्न पनि भौतिक दुरीले गर्दा कठिनाई पर्छ । त्यसैले अन्य जिल्लामा शाखा बिस्तार गर्दा प्रत्यक्ष रुपमा सेवा दिन सकिन्छ । हामीले अहिले अनलाईन माध्यमद्धारा पनि उहांँहरुको परामर्श दिने, एप्लाई गनर्,े जब खोजिदिने, जस्ता काम गर्दै पनि आएका छौं । र हामीले अर्को व्यवसायिक रुपमा घरजग्गाको कारोबार पनि शुरु गरेका छौं । रियल स्टेट जब मार्फत जिल्ला वा जिल्ला बाहिर खरीद गर्ने र बिक्री गर्नेको पुलको काम गर्न रियल स्टेट नारायणगढ संस्था मार्फत हामीले सेवा शुरु गरेका हौं ।
समग्रमा भन्ने हो भने बेरोजगारीलाई बढी भन्दा बढी जब दिने रोजगारदातालाई सकेसम्म छिटो त्यस्ता व्यक्तिहरु दिलाई दिनुनै हाम्रो लक्ष्य हो । र रियल स्टेटको कुरा गर्ने हो भने घरजग्गा कारोबारलाई व्यवस्थित , मर्यादित र व्यवसायिक गर्नुनै हाम्रो कार्ययोजना तथा लक्ष्य भित्र पर्दछन ।