रत्ननगर – नेपाली काँग्रेसको औं महाधिवेशन अन्तर्गत चितवनको रत्ननगरका १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । सोमवार भएको वडा अधिबेशनले १६ मध्ये १४ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको हो ।
निर्वाचन समितिका अनुसार रत्ननगर वडा नं १ को वडा सभापतिमा कुलप्रसाद सापकोटा,वडा नं २ को सभापतिमा केशवनारायण श्रेष्ठ,वडा नं ३ को वडा सभापतिमा बसन्त देवकोटा,वडा नं ४ को वडा सभापतिमा रामकुमार चौधरी,वडा नं ५ को सभापतिमा ऋषिराम गुरुङ,वडा नं ६ को सभापतिमा गोपिकृष्ण बिडारी निर्वारोध निर्वाचित भएका छन् ।
यस्तै वडा नं ८ को सभापतिमा कृष्ण चौधरी ,वडा नं १० को सभापतिमा कलाधर पौडेल,वडा नं ११ को वडा सभापतिमा कुलबहादुर गुरुङ,वडा नं १२ को वडा सभापतिमा कृष्ण रेग्मी,वडा नं १३ को वडा सभापतिमा टोमराज भट्टराई,वडा नं १४ को वडा सभापतिमा हरि अधिकारी,वडा नं १५ को वडा सभापतिमा शिव तिवारी,वडा नं १६ को वडा सभापतिमा देवबहादुर राना सर्वसम्मत चयन भएका छन् ।