चितवन । चितवनमा भोलि रातीबाट लागु हुने निशेधाज्ञमामा थप खुकुलो गरिएको छ । जिल्लामा कोरोना संक्रमितको दर र मृत्युदर घट्दै गएकोले निशेधाज्ञामा खुकुलो गर्दै लगिएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । सिनेमा हल बाहेकका अन्य भीडभाड हुने क्षेत्रहरुलाई आंशिक रुपमा खोल्ने अनुमति दिईएको छ । स्मार्ट लकडाउन अनुमति अपनाउंँदै लगिएको प्रशासनले बताएको छ ।
आज कार्यालयले आदेश जारी गर्दै भदौ ३१ गतेसम्म निशेधाज्ञा लम्ब्याएको हो । जारी निशेधाज्ञा आइतवार राती १२ बजे सकिंँदैछ ।
कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले पछिल्ला दिनहरुमा कोरोना संक्रमित दर र मृत्युदरमा कमी हुंँदै गएकोले निशेधाज्ञा खुकुलो गरिएको बताउनु भयो । ‘यसअघि गरिएको निशेधाज्ञामा सक्रिय संक्रमितको संख्या २२००को हाराहारीमा थियो , अहिले १ हजारको हाराहारीमा छन । यो एक किसिमको स्मार्ट लकडाउन जस्तै हो ’ पौडेलले भन्नुभयो । थपिएको निशेधाज्ञामा सवारीसाधनमा लगाईएको जोर विजोर प्रणाली हटाइएको होटल रेष्टुरेण्टको खोल्ने समयतालिका बढाईएको, स्मार्टलकडाउन सहित विद्यालयको अवस्था हेरेर असोज १ गतेबाट खोल्न अनुमति दिइने , पार्टी प्यालेस मा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न पाईने उहांँले जानकारी दिनुभयो । जारी आदेशमा सभा सेमिनारका लागि मापदण्ड अपनाएर खोल्न अनुमति दिने भनिएतापनिे सिनेमा हल, मेला महोत्सव भने खोल्न भने अनुमति दिईएको छैन । ‘अब काठमाडौंमा सिनेमा हल पनि खोल्न पाइने भनेर आदेश जारी भयो हाम्रोमा अब फेरी थपिने निशेधाज्ञामा खोल्ने वातावरण बन्ला ।’ सूचना अधिकारी पौडेलले भन्नुभयो । कोरोना संक्रमणको दर र अवस्था हेरेर कोरोनाबाट थप प्रभावित क्षेत्रहरुलाई पनि सहजिकरण गर्दै लगिने उहांँको भनाई छ ।
धार्मिक मठ, मन्दिर अनुष्ठान हरुमा नियमित दैनिक नित्य पूजा गर्न पाएपनि भीड भएर गरिने सांस्कृतिक तथा समाजिक गतिविधिहरु गर्न नपाईने आदेशमा उल्लेख गरिएको छ । अन्य आदेशहरु पहिलेकै जारी गरिएको निशेधाज्ञाको नियम अनुरुप चल्नेछन । आदेशमा संक्रमित दर थप घट्दै गएको खण्डमा जारी गरिएको निशेधाज्ञाको समयाअवधि भित्रनै आदेश शंशोधन एवं पुनरावलोकन गर्न सकिने प्रशासनले जनाएको छ ।