चितवन । काठमाडौंको ठमेल जस्तै विकसित हुंँदै गईरहेको भरतपुरको केन्द्र मानिने सप्तगण्डकी चोकमा नेपाली र कोरियन मसलाको मिश्रित स्वाद सहितको चिकेनको परिकारको ‘होराइ’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । भरतपुरका अस्पतालहरुका चिकित्सक र नर्स एवंँ अन्य स्वाद पारखीहरु लाई लक्षित गर्दै चिकेनको विभिन्न परिकारका मेनु सहित यो रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको हो ।
झण्डै २० लाख रुपैयांँको लगानीमा अत्याधुनिक सेवा सुविधा सहित रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको सञ्चालक जयलाल न्यौपानेले बताए । ‘यो ठाउंँ एउटा रेष्टुरेण्टहरुको हबमा स्थापित भईसक्यो, न्यौपानेले भने, चिकेन का परिकारलाई नेपाली र कोरियन मसलाको फ्यूजन गरेर नयांँ स्वाद दिएका छौं ।’ न्यौपानेका अनुसार कुखुराको मासुलाई मसलासंँग समिश्रण गरी अत्याधुनिक चुल्होमा फ्राई गरेर परिकार बनाईन्छ । ग्राहकले आफ्नो ईच्छा अनुसार रेष्टुरेण्टमा बसेर ‘होराई हटसस’ संँग चोपेर खान मिल्ने तथा घरमै लगेर खान मिल्ने परिकार बनाईएको उनले बताए । ‘ग्राहकको ईच्छा चाहना अनुसार नेपाली र कोरियन मसला मिश्रण गरी कोरियन विधिबाट चिकेन फ्राई गरी तयार गरिएको हुंँदा कोरियन नामबाट ‘होराई’ नाम राखिएको हो ।’ उनले भने ।
पूर्ण पारिवारिक वातावरण तथा वातानुकुलित रेष्टुरेण्टभित्र ७ वटा टेबलमा एकैपटक ३० जनाले सम्म यहांँ सुविधा लिनसक्ने छन । ‘हामीकहांँ रेष्टुरेण्ट भित्र टेबलमा बसेर र बाहिर जाडोको समयमा टेरेसमा बसेर खान मिल्ने व्यवस्था गरेका छौ ।, उनले भने, फ्राई चिकेनलाई आफ्नो ईच्छा अनुसार ग्राहकले जोखेर पनि लैजान सक्नेछन । ’
शुद्ध खाने तेल तथा ताजा मासु र मसलाको स्वादमा चिकेनका परिकार पाईने ग्राहकले सन्तुष्टीले लिन सक्ने उनले बताए । बिशेष परिकार अलावा यहांँ मोःमो, चाउमिन , चिकेन चिल्लिी, माछाका विभिन्न प्रकार पाईनेछ । ग्राहकको ईच्छा आकांँक्षा अनुसार अर्गानिक मासुका परिकारका साथै हांँसका परिकार समेत पस्कने उनले बताए । ‘अहिले हामीले टेकअवे, होमडेलीभरी र फोनबाट सम्पर्क गरेर छिटो छरितो सुविधा दिन लागेका छौं ।’ उनले भने । यहाँ उनका छोरा सञ्जय न्यौपाने सहित अन्य ५ जनाले रोजगारी पाएका छन । निकट भविष्यमा विस्तारै यसका शाखा अन्य ठाउंँमा समेत विस्तार गर्दै लैजाने न्यौपानेको भनाई छ ।