चितवन । यही चैत्र ५ गते देशभर स्ववियु को निर्वाचन तोकिएपनि देशका सबै कलेज तथा क्याम्पसमा चुनाव नहुँदा चारैतिरबाट अन्योलको वातावरण सिर्जना भएको छ । झण्डै १६ बर्षपछि नेविसंघको चुनाव हुने निश्चित हुंँदा अधिकांश कलेज तथा क्याम्पसमा विवाद सिर्जना हुंँदा निर्वाचन रोकिएको हो ।
यति लामो समय अवरुद्ध निर्वाचनले सार्थक नपाएपछि यतिखेर नेविसंघका नेतृत्वले चिन्ता व्यक्त गरेका छन ।
चितवनका पनि सबैजसो ठूला कलेजमा पनि रोकिएको निर्वाचन अझैसम्म पनि हुन सकेको छैन । चुनाव सम्पन्न गर्न सत्ताधारी पार्टीका भातृसंगठन र विपक्षी दलका संगठनबीचनै मतभेद भएपछि निर्वाचन अन्योल हुन पुगेको छ । तर हाल आएर नेविसंघ चितवनका नेतृत्व तथा पार्टी चुनाव गराउनु पर्नेमा जोड दिएका छन ।
नेविसंघ चितवनका कार्यबहाक अध्यक्ष प्रकाश भण्डारी नेविसंघ यथाशक्य चुनाव हुनुपर्ने बताउंँछन । ‘लामो संघर्ष पछि आएको यो लोकतन्त्र जोगाउन पनि चुनाव चाडों हुनुपर्छ,, उनले भने, यो एउटा लोकतन्त्रको सुन्दर पक्ष पनि हो, हामी चुनाव गराउन तयार छौं ।’
चुनावमा आफूहरु स्वतन्त्र रुपमा भाग लिन चाहेको र हारजीत स्वीकार गर्न नेविसंघ तयार भएको उनको भनाई छ । ‘चुनाव हुनुपर्यो, साथीहरु जुनसुकै संगठनमा भएपनि भाग लिनुस । हामी पनि भाग लिन तयार छौं । तर चुनाव कुनैपनि हालतमा सम्पन्न गरौं ।’ कार्यबहाक अध्यक्ष भण्डारीले भने ।
स्ववियु सबै पार्टीको खम्बा भएको र शैक्षिक गुणस्तर कायम राख्न पनि निर्वाचन हुनुपर्ने उनको धारणा छ । ‘विद्यार्थीहरुको अध्ययन अध्यापन संँगै नेतृत्व र व्यक्तित्व विकास गर्नपनि निर्वाचन हुनुको विकल्प छैन । , भण्डारीले भने, हामी सबै संगठन एकबद्ध भएर निर्वाचन पद्धतिमा जाऔं ।’
यसलाई सहज वातावरण सहित सम्पन्न गर्न सम्बद्ध पार्टीका नेतृत्व तथा कलेज तथा क्याम्पस प्रशासनलाई सहयोग गर्न समेत भण्डारीले आग्रह गरेका छन ।