अमेरिका । अटिजम भएका बालबालिकाहरुको सहयोगार्थ अमेरिकामा डिनर फण्ड रेज (रात्री भोज) हुने भएको छ । सन् २०२४ मा अमेरिकाको कनेक्टिईटमा स्थापना भएको युनिटी फर अटिजमको आयोजनामा डिनर फण्ड रेज (रात्री भोज) हुने भएको हो । अटिजम भएका बालबालिकाको शिक्षा, उपचार र पुनस्र्थापनासँग सम्बन्धित संस्था (विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र काठमाडौँ)मा आश्रित बाबुनानीहरुसगैँ देशभर नै रहेका अटिजम स्कुल र बालबालिकाहरुलाई सहयोग पुराउने उद्देश्यले डिनर फण्ड रेज (रात्री भोज) गर्ने युनिटी फर अटिजम संस्थापक तथा कार्यकारी प्रमुख सुस्मा श्रेष्ठले जानकारी दिइन् ।
अटिजम भएका बालबालिकाहरुलाई हेरचाहमा निकै समस्या भएको मैले देखेकी छु उनले भनिन्, उनीहरुलाई सिक्री, डोरीले बाँधेर, कोठामा थुनेर राख्ने गरेको पाइन्छ । यस कारण अटिजम भएका बच्चाहरुलाई समेत उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार र पुनस्र्थापनाबाट सामान्य अवस्थासगैँ दैनिकी बजबुत बनाउन सक्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो ।
युनिटी फर अटिजम २०२४ मा स्थापना भएको अमेरिकाको क्नेकटिक नोम्बेरमा स्थापना भएको र यो पहिलो कार्यक्रम हो । अमेरिकामा छरिएर बसेका नेपालीहरु बिच एकआपसमा सद्भाव, सहकार्य र एकता गर्दै सहयोगीपनको विकास गराउन आफूले यो कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारिन् ।
श्रेष्ठ सन् २०१३ मा श्रीमान्सगैँ अमेरिका रहदै आएकी छिन् ।
उनले आफ्नो कमाईबाट केहि रकम रहेक बर्ष सामाजिक कार्यमा खर्च गर्दै आएका छिन् । उनले आफ्नो सामाजिक कार्यलाई थप मजबुद बनाउदैँ संस्था नै गठन गरि अभियान सुरु गर्न लागेकी हुन् । एक सय डलर प्रवेश शुल्क राखिएको डिनरमा सहभागीले नेपाली खानाका विभिन्न परिकार र लाईभ म्यूजिकसगैँ विभिन्न मनोरञ्जनसगैँ अटिजम भएका बालबालिकाहरुलाई सहयोग समेत गर्न पाउछन् ।