चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित लायन्सचोकमा चितवन दोहोरी सांँझ सञ्चालनमा आएको छ । शान्त पारिवारिक वातावरण सहित मनोरञ्जन दिने उद्धेश्यले हालैमात्र दोहोरी सञ्चालनमा आएको हो ।
दोहोरीका सञ्चालक सुमन भारतीले चितवनका ग्राहकलाई लक्षित गरी खानाका परिकारका साथै दोहोरीको माध्यमबाट मनोरञ्जन गर्ने उद्धेश्यले चितवन दोहोरी सांँझ सञ्चालनमा ल्याएको बताए ।
दोहारीमा हरेक दिन स्थानीय कलाकारका साथै बिशेष अवसरमा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । चितवनमा दोहोरी सांँझमा नाचगान सहित बारको मज्जा लिन सकिनेछ । दोहोरीमा २२ जनाले रोजगारी पाएका छन । ‘दोहोरीले एक त ग्राहकलाई मनोरञ्जन पनि हुन्छ अर्कोतिर नेपाली लोक संस्कृतिको संरक्षणमा पनि मदत पुग्छ । यसबाट रोजगारी बृद्धिमा टेवा पुग्छ भन्ने मेरो अपेक्षा हो । ’ सञ्चालक भारतीले भने । भारती विदेशबाट रोजगारी गरेर फर्केका युवा हुन ।
दोहोरीमा ग्राहकले बारको सुविधा सहित टिपकल, कन्टिेनेन्टल, चाइनीज, लगायत विभिन्न परिकारको मज्जा लिन सक्नेछन ।दोहोरीमा एकैपटक सयजना सम्मलाई सेवा दिन सक्ने भारतीको भनाई छ ।
करीब १ करोड लगानीमा सञ्चालित उक्त दोहोरीमा लिफ्ट, वातानुकुलित हल, आरामदायी कुर्सी टेबल, सुरक्षाकर्मी, यथेष्ट पार्किङ्ग लगायतको सुविधा रहेको छ । अन्य दोहोरी सांँझहरु भन्दा खाना तथा बारमा सहुलियत दिईएको सञ्चालक भारतीले बताए । हरेक दिन सांँझ सांंँढे ६ बजेबाट राती सांँढे १२ बजेसम्म दोहोरी खुल्ला रहने उनले जानकारी दिए ।