चितवन । देश तथा विदेशमा रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर ७ मा चितवन कलेज अफ कुकुरी सञ्चालनमा आएको छ । पर्यटन एवं हस्पिटालिटी क्षेत्रमा रोजगारी सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यसहित उक्त कलेज सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच कलेजको नेपालका लागि अष्ट्रेलियन राजदुत लिन जोन्स्टनले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै जोन्स्टनले नेपालमा पर्यटन क्षेत्रको प्रचुर संभावना भएकोले यस क्षेत्रलाई थप व्यवसायिक बनाउन यस्ता कलेजहरुले मदत गर्ने बताउनु भयो ।
अष्ट्रेलियमा पनि पर्यटन क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको भन्दै उहांँले विदेशको सीप सिकेर पनि नेपालमै काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘नेपाल प्रचुर पर्यटन संभावना भएको देश हो । यस्ता कलेजको सैद्धान्तिक तथा व्यवहारिक ज्ञानबाट रोजगारी बृद्धि र आर्थिक बृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ जोन्स्टनले भन्नुभयो । चितवन आफैमा प्राकृतिक सुन्दरता र विविधिता भएको जिल्ला भएको हुंँदा यस्ता सीप र ज्ञानलाई विकेन्द्रीकरण गर्दै लैजानुपर्ने उहांँको भनाई थियो ।
सो अवसरमा बोल्दै कलेजका प्रबन्ध निर्देशक सचिन प्रताप केसीले चितवनमा पर्यटनको संभावना भएकोले र दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्य सहित कलेज सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘हामीले कलेज सञ्चालन गर्न अघि अध्ययन गर्दा चितवनमा बाट कुकुरी क्षेत्रमा विदेशमा जाने र स्वदेशमानै काम गर्ने व्यक्तिहरु धेरै भेट्यायौं, केसीले भन्नुभयो , होटल क्षेत्रको जनशक्तिको अभावलाई टेवा दिन र दक्ष सीप सहित बिदेशमा रोजगारीको लागि पठाउन हामीले यो कलेज सञ्चालनमा ल्याएका हौं ।’ यो कलेजमा अध्यापन गरेपछि रोजगारीको अवसर मिल्ने र आफैंपनि होटल व्यवसाय सञ्चालन गर्न सकिने प्रबन्ध निर्देशक केसीले बताउनु भयो ।
उहांँका अनुसार कलेजमा ६ महिनाको कोर्षमा एक महिने सैद्धान्तिक कोर्ष र बांँकी पांँच महिना व्यवहारिक ज्ञान दिलाइनेछ । विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सीप सिकेर जांँदा सजिलै काम पाउने र रोजगारीका लागि तेस्रो मुलक जानपनि यो शिक्षा उपलब्धिमुलक हुने उहांँको भनाई थियो । हाल कलेजले विद्यार्थी भर्ना लिन र अध्यापन गर्न शुरु गरिसकेको छ । कलेजमा विद्यार्थीलाई भिन्दा भिन्दै राखेर बेकरी, बरिस्ता, इन्डियन कन्टिनेन्टल, चाइनिज , स्थानीय परिकार बनाउने प्रक्रिया सिकाइने गरेको केसीले बताउनु भयो ।
अष्ट्रेलियाको कुलीनरी सोलुसन्स अष्ट्रेलिया इन्टरनेशनल संस्थासंँग सम्बन्धन प्राप्त गरेको यो कलेजले इन्र्टनसिपको लागि विद्यार्थीलाई इण्डियाको ताज होटल पठाउने गरेको र इन्र्टनसिप पश्चात जापान, युके , मध्यपूर्वका देशहरुमा रोजगारीका लागि जान सक्ने उहांँले जानकारी दिनुभयो ।