चितवन । देवघाट महामहोत्सवको महत्त्वपूर्ण धार्मिक अनुष्ठान अन्तर्गत हजारौं श्रद्धालु भक्तजनले मन्दिर शिलान्यास पूजामा उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्। मन्दिर निर्माणको जग पूजा पौष २७ गते देशभरका ख्यातिप्राप्त सन्त–महन्तहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। यस पूजाले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिँदै महोत्सवका आयोजकहरूले यस्तो ऐतिहासिक अवसरमा सबैलाई सहभागी भएर पुण्य प्राप्त गर्न आयोजकले अपिल गरेका छन्।
पौष २७ गते देवघाट क्षेत्रको मन्दिर निर्माणका लागि जग पूजा विशेष धार्मिक विधिबाट सुरु गरिएको थियो। यस पूजामा देशभरका प्रमुख सन्त–महन्तहरू, धार्मिक अगुवा र भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो। शिलान्यास पूजालाई सफल बनाउन ठूलो संख्यामा उपस्थित भएका सन्त–महन्तहरूले पूजाको धार्मिक महत्वमाथि प्रकाश पार्दै देवघाटलाई आध्यात्मिक केन्द्रका रूपमा थप मजबुत बनाउन जग पूजाको विशेष योगदान रहेको बताएका थिए।
माघ १ गतेदेखि सुरु भएको जग पूजामा देशभरबाट आएका हजारौं श्रद्धालु भक्तहरूले सहभागिता जनाएका छन्। माघ ८ सम्म यो संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । आयोजकका अनुसार माघ महिनाभर पूजामा सहभागी हुने अवसर खुला रहनेछ। भक्तजनहरूले पूजास्थलमा आएर आफ्नो आस्था व्यक्त गर्दै मन्दिर निर्माणमा योगदान पु¥याइरहेका छन्।
मन्दिर शिलान्यास पूजालाई एक युगमा मात्र एक पटक प्राप्त हुने अनुपम अवसरका रूपमा व्याख्या गर्दै आयोजकहरूले सम्पूर्ण भक्तजनलाई यस पवित्र अनुष्ठानमा सहभागी हुन आव्हान गरेका छन्। आयोजक समितिका प्रतिनिधिहरूले मन्दिर निर्माणको यो महत्पूर्ण कार्यले देवघाट क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
मन्दिर निर्माणको उद्देश्य देवघाट क्षेत्रको धार्मिक, सामाजिक र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु हो। यो मन्दिरले धार्मिक गतिविधिहरू सञ्चालन गर्न, आध्यात्मिक ज्ञान प्रदान गर्न, र समाजका वृद्ध मातापिता तथा धार्मिक पर्यटकहरूलाई सेवा दिने महत्त्वपूर्ण केन्द्रका रूपमा भूमिका खेल्नेछ।
श्रद्धालु भक्तजनहरूले जग पूजामा सहभागी हुँदा आफूलाई धन्य र कृतार्थ अनुभव गरेको बताइरहेका छन्। पूजास्थलमा गरिएको धार्मिक विधिले उनीहरूको आध्यात्मिक चेतनामा नयाँ ऊर्जा थपेको प्रतिक्रिया दिएका छन्।
देवघाट महामहोत्सवले मन्दिर निर्माणका साथै विभिन्न धार्मिक अनुष्ठान, सत्संग, कथा वाचन र पूजाको माध्यमबाट धार्मिक परम्पराको प्रवद्र्धन गर्दै समाजमा आस्था र विश्वासलाई बलियो बनाइरहेको छ। आयोजकहरूले महोत्सवका सबै गतिविधिहरूलाई व्यवस्थापनका दृष्टिले भव्य बनाउनेतर्फ विशेष ध्यान दिएका छन्।
देवघाट क्षेत्रको धार्मिक महत्वलाई थप सुदृढ बनाउने यो जग पूजाले भविष्यका पुस्ताहरूका लागि धार्मिक आस्था र परम्पराको प्रेरणाको स्रोत बन्नेछ। यस ऐतिहासिक अवसरमा सहभागिताले भक्तजनहरूले जीवनभर स्मरण गर्ने पवित्र अनुभव प्राप्त गरेको अनुभूति गरेका छन्।
माघ महिनाभर चल्ने यो जग पूजामा थप भक्तजनको सहभागिता बढ्दै गएको छ। आयोजकहरूले देश–विदेशका श्रद्धालु भक्तहरूलाई पूजामा सहभागी भई पुण्य लाभ लिन र यस धार्मिक अभियानलाई सफल बनाउन आह्वान समेत गरेका छन्।