चितवन । माघ १ गतेदेखि शुरु भएको देवघाट धाममा आयोजित महा–महोत्सबमा देशभरबाट भक्तजनहरुको संख्या बढ्दै गएको छ । महोत्सबमा हाल झापा, काठमाडौ, रुपन्देही लगायतका जिल्लाहरुबाट दैनिक जसो भक्तजनहरु आउने क्रम रहेको महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।
देवघाटमा माता पिता आश्रम तथा दिव्यधाम निर्माणका लागि आयोजना गरिएको सो महोत्सबमामा देशका बिभिन्न जिल्लाहरुबा आउने भक्तजनहरुको भिड लाग्न थालेको महामहोत्सव संयोजक डा. केशव भुर्तेलले जानकारी दिनुभयो । उहांँका अनुसार अहिले काठमाडौ, तनहुँ, गोरखा, लम्जुङ्, धादिङ्, नवलपुर, नवलपरासी, रुपन्देही, मकवानपुर, बारा पर्सा, सर्लाही लगायतका जिल्लाबाट भक्तजनहरु आउने क्रम जारी रहेको छ । महोत्सबमा चर्चित कथावाचिका देवी प्रतिभाले कथा बाचन गरी रहनुभएको छ । बिशेष दिनहरुमा प्रतिभा सहित अन्य गुरुहरुले समेत कथा वाचन गर्दै आउनुभएको छ ।
जीवनमा पूण्य काम गर्नका लागि आयोजित यस कार्यलाई सबैले सहयोग गर्न सके मात्रै सिद्ध साबित हुने दाता बिद्या भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “धर्म सबैका लागि बराबर हुन सबै मिलेर पूण्य कर्म गर्नु पर्छ ।” महोत्सबमा रु १० लाख सहयोग गर्नु भएकी भट्टराईले देशभरका सनातनीहरुलाई यस अभियानमा सुहभागी हुन समेत आग्रह गर्नुभयो ।
टाढाबाट आएका भक्तनहरुलाई आयोजकले निःशुल्क खान र बस्नको व्यवस्था गरेको छ । महा महोत्सब स्थलबाट आश्रम स्थल सम्म जान र आउनका लागि यातायातको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
देवघाट महामहोत्सवमा भक्तजनको संख्या बढ्दै
देवघाट महामहोत्सवमा भक्तजनको संख्या बढ्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु