चितवन । भोलिदेखि चितवनको पवित्र धार्मिक स्थल देवघाटमा शुरु हुने श्री निम्र्बाक द्धितीय राष्ट्रिय महासम्मेलनमा पांँचहजार भक्तजन तथा आगन्तुक सहभागी हुने भएका छन । श्री निम्र्बाक द्धितीय राष्ट्रिय महासम्मेलन सम्मेलन समितिले देश तथा देश बाहिरबाट भक्तजन, साधुसन्त हिन्दु धर्माबलम्बी, गुरु, गरि पांँचहजार जनालाई निमन्त्रणा गरिएको जनाएको हो । आज समितिले देवघाटमा पत्रकार सम्मेलन गरी महासम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । हिन्दुु धर्मको संरक्षण तथा समस्त हिन्दुहरुको एकताको लागि देवघाटमा दोस्रो महासम्मेलन गर्न लागिएको निम्बार्क वैष्णवका जगत गुरु मोहनशरण देवाचार्य जानकारी दिनुभयो ।
‘महासम्मेलनको मुख्य उद्धेश्य हाम्रो धर्म संस्कृतिको रक्षा गर्नु हो, उहांँले भन्नुभयो, यस सम्मेलनले समस्त हिन्दु धर्माबलम्बीलाई एकतामा बाध्न पनि सहयोग पुर्याउंँछ ।’ उहांँले भन्नु भयो । उहांँका अनुसार महासम्मेलनमा विभिन्न विद्धानका कार्यपत्र समेत प्रस्तुत गरिनेछ । महासम्मेलनमा विभिन्न सन्त महन्त विद्धानहरुबाट हिन्दु धर्मका बारेमा ज्ञान , प्रवचन प्रस्तुत गरिने बताउनु भयो ।
महासम्मेलनका संयोजक हरिशरण उपाध्यायले निम्बार्क वैष्णब सम्प्रदायको बारेमा जानकारी गराउने र धर्मबाट समाजलाई सकारात्मक बाटोतिर डोर्याउन महासम्मेलनको आयोजना गरिएको बताउनु भयो ।
भोलि मंसिर ५ देखि मंसिर ८ गतेसम्म चल्ने महासम्मेलनमा देश तथा विदेशबाट सन्त महन्त, विभिन्न सम्प्रलायका आचार्यहरु , विद्धान विदुषीहरु आउने क्रम जारी रहेको उहांँले जानकारी दिनुभयो ।
महासम्मेलनको कार्यतालिका अनुसार मंसिर ५ गते शोभा यात्रा तथा महासम्मेलनको उद्धघाटन तथा प्रवचन शुरु गरिनेछ , यस्तै मंसिर ६ गते, वैदिक सनातन धर्मको उन्नयनमा निम्र्बाक सम्प्रदायको योगदान, वेद वेदान्त, उपनिषदको व्याख्या, मंंसिर ७ गते कार्यपत्र प्रस्तुत देवघाटधामको महिमा सहितको प्रवचन र मंसिर ८ गते वैष्णव सम्प्रदायको दार्शनिक महत्व लगायत सम्पुर्ण आगन्तुकलाई विदाई गरी समापन गरिने छ । महासम्मेलनमा आउने सबै पाहुना आगन्तुकलाई निशुल्क भोजन तथा बासको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताउनु भयो । महासम्मेलन सम्पन्न गर्न ४५ लाख रुपैंया खर्च अनुमान गरिएको छ ।