चितवन । सौराहामा दुईदिने अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सौराहामा सम्पन्न रुपान्तरण, नवप्रवर्तन र डिजिटलाईजेसन अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । चितवनको समुदाय स्तरको बालकुमारी कलेजले यही मंसिर १ र २ गते सौराहामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सात देशका अनुसन्धानकर्ता तथा नेपालका अनुसन्धानकर्ता, शोधकर्ता एवं प्रोफेसरहरु सहभागिता रहेको थियो । उनीहरुले यी विषय समय सान्दर्भिक भएको भन्दै उपलब्धीमुलक र फलदायी रहेको बताएका हुन्। सम्मेलनमा ५० वटा भन्दा बढी प्रस्तुतीकरण गरिएको थियो ।
सो अवसरमा प्रतिक्रिया दिंँदै भारतका अनुन्सधानकर्ता डा.एएम दिषुले यो विषय नेपालको लागि समय सान्र्दभिक विषय रहेको बताउनु भयो । उहांँले सबै प्रस्तुतिकरण नेपालका शैक्षिक संस्था, शोधकर्ता तथा सरकारलाई समेत लाभ मिल्ने बताउनु भयो । उहांँले माईक्रो बायोलोजीका बिषयमा प्रस्तुति दिनु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका मेनेज्मेण्ट संकायका सहायक डिन दिलिप पराजुलीले विभिन्न देशका विज्ञ सल्लाहकार हरुको ज्ञान आदानप्रदानले समाजलाई फाईदा हुने बताउनु भयो । विश्वमा भएका अध्ययन अनुसन्धानले यो सम्मेलन मार्फत नेपालका सरोकारवालालाई समेत सहयोग पुग्ने बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय शिक्षा विभागका डिन हरिबहादुर बुढाथोकीले दिगो विकास, समावेशी , डिजिटलाइजेशन बिषयको प्रस्तुतिकरणले नेपालको बढ्दो शहरीकरणलाई न्यूनीकरण गर्दै दिगो विकासमा मदत पुग्ने बताउनु भयो । यस्ता अनुसन्धान सम्बन्धी प्रस्तुतिलाई कार्यान्वयन गर्न सके जलवायु परिवर्तनबाट भएका असरलाई न्यूनिकरण गर्न मदत पुग्ने उहांँले बताउनु भयो ।
बालकुमारी कलेजका सल्लाहाकार एवं उवासंघ चितवनका निर्वतमान अध्यक्ष चुननारायण श्रेष्ठले यहांँ भएका प्रस्तुतिकरणलाई लिपिबद्ध गरी यहांँका विद्यार्थीलाई अध्यापन गर्न सके नेपालमा भएका उत्पादन विश्व बजार सामु पुरयाउन मदत पुग्ने बताए । यसले नेपालका प्राध्यापक, शिक्षाविद, शोधकर्ता तथा अन्य सरोकारवालालाई सिक्ने अवसर प्राप्त भएको श्रेष्ठको भनाई छ ।
कलेजका प्रिन्सिपल जगदीश्वर खनालले यो सम्मेलनले कलेजका विभिन्न संकायका प्राध्यापकलाई अगाडि बढ्न मदत पुग्ने बताउनु भयो । सम्मेलन मार्फत कलेजले आफ्नो दायित्व र जिम्मेवारी बहन गरेको भन्दै सम्मेलनले नीतिगत तहलाई समेत लाभ पुग्ने प्रिन्सिपल खनालको भनाई थियो ।
कलेजका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले दिगोविकास र समावेशी भएकोले यसले समग्र नेपाललाई फाइदा पुग्ने भएकोले कलेजले यो अन्तरराष्ट्रिय सम्मेलन गरिएको बताए । उनले अब कलेजले हरेक दुई बर्षमा समसामयिक विषयमा अन्तरराष्ट्रिय सम्मेलनलाई निरन्तरता दिंँदै जाने बताउनु भयो ।
सम्मेलनका संयोजक डा. गुणराज क्षेत्रीका अनुसार नेपाल सहित अष्ट्रेलिया, चीन, भारत, भुटान, बंगलादेश, थाईल्याण्डका लगायत सात देशका अनुसन्धानकर्ताहरु सहभागी थिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागका डिन, सहायक डिन, प्राध्यापक ,अनुसन्धानकर्ता, बिद्यार्थी सहित एक सय भन्दा बढीको सहभागिता रहेको थियो ।
सन् २०१० मा पहिलोपटक अन्तर्राष्ट्रिय सम्मेलन गरेको कलेजले १४ बर्ष पछि दोस्रोपटक सम्मेलन गरेको हो ।