चितवन । चितवनमा टेनिस खेलाडीको लागि एड्भाण्स्ड प्रशिक्षण शुरु भएको छ । सन् २०२१ देखि प्रशिक्षण दिंँदै आएको भरतपुर – स्थित प्रिमियर टेनिस एकेडेमीले चितवनका टेनिस खेलप्रेमीलाई लक्षित गर्दै व्यवसायिक प्रशिक्षण शुरु गरेको हो । भरतपुर– ९ स्थित एकेडेमीको खेल मैदानमा बिहान र बेलुकाको सिफ्टमा प्रशिक्षण शुरु गरिएको एकेडेमीका प्रशिक्षक कुमार जंग क्षेत्रीले जानकारी दिनुभयो । चितवनमै व्यवसायिक प्रशिक्षण दिन र यस खेलको प्रर्वद्धन गर्ने उद्धेश्य सहित टेनिस खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक क्षेत्रीले बताउनु भयो ।
‘हामीले बिशेषगरी सबै उमेर समुहलाई लक्षित गरी प्रशिक्षण शुरु गरेका छौं, उहांँले भन्नुभयो, चितवनमा रहेका जुनसुकै खेलप्रेमीलाई प्रशिक्षणको लागि स्वागत छ ।’
आगामी दिनमा पनि प्रशिक्षणलाई निरन्तरता दिदैं खेलाडी उत्पादनमा आफू लागि पर्ने प्रशिक्षक क्षेत्रीको भनाई छ । विद्यार्थीहरुको निःशुल्क खेल प्रशिक्षणको लागि भने टुएमबी फाउण्डेशनले सहयोग गरिरहेको छ ।
हाल तीन दिनको लागि इङ्गल्याण्डका पांँचौ लेबलका टेनिस प्रशिक्षक लि विलियमले खेलाडीलाई इन्टरमेडियट र एडभान्स्ड कोर्षको टेनिस प्रशिक्षण दिइरहनु भएको छ । सो क्रममा बोल्दै विलियमले चितवनमा टेनिस प्रशिक्षणको लागि व्यवसायिक प्रशिक्षण दिन पाउंँदा खुशी लागेको बताउनु भयो । ‘मलाई योग्य सम्झेर प्रिमियर एकेडेमीले मलाई प्रशिक्षकको रुपमा बोलाएकोमा म एकदम खुशी छु, उहांँले भन्नुभयो, चितवनमा पनि टेनिसका खेलमा आयाम थपिने कुरामा म विश्वस्त छु ।’
टेनिस खेलमा प्रशिक्षण लिन आउनु भएका चितवन मोबाइल अटो डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले टेनिसको प्रशिक्षण चितवनमा हुनु गौरवको बिषय भएको बताउनु भयो । ‘चितवनमा यति राम्रो खेल मैदानसहित विदेशी प्रशिक्षक संँग खेल खेल्न पाउनु हाम्रो लागि अवसर पनि हो ।’ पियाले भन्नुभयो ।
अर्का खेल पारखी चिरन्जीवी पट्टेलले आफूलाई यस खेलले आकर्षित गरेको आफूले ६ महिनादेखि प्रशिक्षण लिईरहेको बताउनु भयो । ‘यो हामी खेल पारखीको लागि अत्यन्त खुशीको कुरा हो , उहांँले भन्नुभयो, यस्तो प्रशिक्षणले टेनिस खेलको विकास र खेलाडी उत्पादनको लागि समेत टेवा पुग्नेछ ।’
सहभागी अन्य ट्रेनीहरुले टेनिस खेलले आफूहरुले सुविधासम्पन्न खेलमैदान सहित यसको प्रशिक्षण लिन पाउंँदा थप खेल पारखीमा बृद्धि हुंँदै जाने बताएका थिए ।
इनल्याङ्गबाटनै शुरु भएको यो टेनिस खेल अन्तरराष्ट्रिय स्तरमा लोकप्रिय खेल मध्येको खेल हो । यो संसारको खेलहरुमध्ये दोस्रो महंगो खेलको रुपमा पनि परिचित छ । टेनिस खेलले खेलाडीको शारिरीक , मानसिक स्वास्थ्य विकासमा मदत पुग्ने बताईन्छ ।