चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा)ले आयोजना गरेको चारदिने काडा अटो एक्स्पोमा ४० करोड रुपैंया बराबरको कारोबार भएको छ । चितवन प्रर्दशनी केन्द्रमा असोज १६ देखि १९ गतेसम्म सञ्चालित एक्स्पोमा सबै गरी ९८ वटा गाडी बिक्री र बुकिङ्ग भएका छन भने , ४२ वटा स्कुटर, मोटरसाइकल बिक्री भएका छन ।
काडाका अध्यक्ष राजन पियाले चारदिने काडा अटो शोमा इभी गाडी र स्कुटरको बिक्री अपेक्षा गरे भन्दा राम्रो भएको बताए । ‘काडाले पहिलोपटक गरेको यो एक्स्पो यत्तिको सफल हुन्छ भन्ने आशा थिएन , तर हामी आफ्नो लक्ष्यमा पुगेका छौं ।’ एकैठाउंँमा झण्डै दुईदर्र्जन कम्पनीका गाडी, स्कुटर छानेर , बुझेर लिन पाउने सुविधा भएकोले पनि काडा अटो एक्स्पो सफल भएको अध्यक्ष पियाको भनाई छ ।
मुख्य गरी बीवाइडी, नेटा , एमजी, सिट्रोन, ह्यन्डाई अमोडा , सेरेन, विंगो, औरा लगायतका कम्पनीका गाडीहरुमो ग्राहकको आकर्षण रहेको पाईएको छ । त्यस्तै इभी स्कुटरको माग पनि उत्तिकै रहेको पियाको भनाई छ । चारदिनको अवधिमा अटो एक्स्पोमा पांँचहजारले अवलोकन गरेका छन ।
एक्स्पोको समापनमा दुईपांँग्रे सवारी साधनमा बेष्ट सेलरमा डिएस अटोलिंक , चारपांँग्रेमा बेष्ट सेलर ओजोन मोटर्स भएका छन भने बेष्ट स्टलको स्थान डाइनामिक इनर्जीले पाएको छ ।
यस्तै लक्की ड्र अन्र्तगत गाडी खरीद गर्ने ग्राहक मध्येबाट पहिलो पुरस्कार, अनिषा सापकोटा, दोस्रो पुरस्कार शिवकान्त घिमिरे र तेस्रोे पुरस्कार ईश्वर महत्तोले जितेको अध्यक्ष पियाले जानकारी दिए । अवलोकन कर्ता मध्ये पहिलो पुरस्कार सुरेन्द्र तामाङ्ग र दोस्रो पुरस्कार राजन कंडेलले प्राप्त गरेका छन ।
चितवन उद्योग संघको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको थियो ।
चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना भएको मेलामा साना ठुला गरी २१ वटा कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधानहरुको स्टल रहेका थिए । जिप र माइक्रो बसको करिव ५ वटा स्टल र प्रर्दशनी हल वाहिरको चौरमा टेन्ट भित्र समेत स्टलहरु राखिएको थियो ।
एक्स्पो अवधिमा आउने ग्राहकहरुलाई स्पोर्टमै फाईनान्स तथा इन्स्योरेन्स सेवा उपलव्ध गराईएको थियो ।