चितवन ।लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई चयन भएका छन । भरतपुरमा शुक्रबार सम्पन्न संघको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।
संघको पदाधिकारी र कार्यसमिति सदस्यहरु पनि सर्बसम्मत नै चयन भएका छन । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विजयराज अधिकारी, महासचिवमा अशोक लोहनी, सचिवमा कोमल कोइराला र कोषाध्यक्षमा बाबुराजा सिंह ठकुरी निर्वाचित भएका छन ।
कार्यसमिति सदस्यहरुमा कविराज आचार्य, आयुष श्रेष्ठ, यति श्रेष्ठ, दुर्गा तिमल्सिना, दिव्यदर्शन ढुंगाना र अरुण श्रेष्ठ चयन भएका नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भट्टराई बिगत २६ वर्षदेखि निर्माण व्यवसायमा सकृय छन । निवर्तमान अध्यक्ष तारक बहादुर केसीको अध्यक्षमा भएको उद्घाटन सत्रमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि थिए ।
प्रमुख अतिथि खनालले लोकतान्त्रिक निर्माण व्यवसायी संघलाई पार्टीको तर्फबाट हर प्रकारका सहयोग रहने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाब दिनुपरे पनि पार्टी तयार रहेको सभापति खनालको भनाइ थियो ।
उद्घाटनसत्रमा कांग्रेस जिल्ला सदस्य दामोदर न्यौपाने, निर्माण व्यवसायी संघका पूर्ब अध्यक्ष बाबुराम कंडेल, श्रीप्रकाश कंडेल, कांग्रेस भरपुर महानगर उपसभापति बुद्धिकान्त न्यौपाने लगायत अतिथि रहेका थिए ।
२०७२ सालमा स्थापना भएको संघमा १ सय १० जना भन्दा धेरै सदस्य रहेका छन । उद्घाटनसत्रको औपचारिक कार्यक्रम युवा निर्माण व्यवसायी भिष्म अधिकारीले संचालन गरेका थिए ।