चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ को अवलोकन गर्नुभएको छ । प्रमुख दाहालले बुधबार असोज १ गतेदेखी चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेलाको अवलोकन गर्नु भएको हो।
स्वदेशी उत्पानको प्रयोग र प्रबर्दन गर्ने उदेश्यले सन्चालन भएको उक्त मेलामा स्थानिय प्रतिनिधि आएर अबलोकन गर्दा आफुहरुलाई खुशी लागेको आयोजकहरुले बताएका छन् ।
सो मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ भने मेला बिहान ९ बजे देखी बेलुकी ७ बजे सम्म सन्चालन हुँदै आएको छ । उक्त मेला असोज २४ गते सम्म संचालन हुनेछ ।
मेलामा ३५ हजार जोर जुत्ता, चप्पलको बिक्री हुने र २ करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा करिब १ लाख ५० हजारले अबलोकन गर्ने अनुमान गरिएको छ । प्रत्येक दिन जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिएको छ ।
जुत्ता, चप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै मेला अन्तर्गत असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपनहरु मध्ये बाट एकजनालाई २५ हजार बराबरको खसी उपहार प्रदान गरिनेछ ।
साथै, मेलामा जुत्ता, चप्पल खरिद गर्ने ग्राहकहरुले चितवन फुटवेयर एक्स्पोको फेसबुक पेजलाई लाइक, शेयर गरेमा तुरुन्त २ प्रतिशत क्यास ब्याग समेत प्राप्त गर्न सक्नेछन् ।
भरतपुर महानगरपालिका प्रमुख दाहालद्धारा जुत्ता चप्पल मेलाको अवलोकन
भरतपुर महानगरपालिका प्रमुख दाहालद्धारा जुत्ता चप्पल मेलाको अवलोकन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु