चितवन । अविरल बर्षाे कारण नारायणी नदीबाट आएको बाढीबाट प्रभावित देवघाट स्थित रोटरी करुणालय बृद्धआश्रमका आश्रितलाई रोटरी क्लब अफ चितवनले सहयोग गरेको छ । त्यहांँ रहेका ३५ जना वृद्धबृद्धालाई हाल सुरक्षित स्थानमा सारेर खाने बस्ने ब्यबस्था मिलाइएको हो । बाढीले ४ वटा घरहरु पुर्ण डुबानमा परि करोडौं बराबर को क्षति हुन पुगेको छ । उनीहरुलाई चाहिने आवश्यक सामाग्री तथा खाना बस्नको व्यवस्था मिलाईएको चितवन रोटरीका अध्यक्ष रो.भानु शर्माले जानकारी दिनुभयो ।
यस्तै बाढीका कारण दैनिक निशुःल्क भोजन गर्ने बाहिरका १५० जना बटुवा तथा असहाय ब्यक्ति हरु समेत प्रभावित हुन पुगेका छन । यो समस्यालाइ तत्काल समाधान गर्न रोटरी क्लब चितवन को अगुवाइमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमलाई शसस्त्र प्रहरी बलबाट समेत टोली पठाइ सहयोग प्राप्त भएको थियो । कार्यक्रममा क्लब का अध्यक्ष रो. भानु शर्मा ,करुणालय का अध्यक्ष रो. उत्तमलाल चुके ,क्लबका पुर्ब अध्यक्षहरु रमेश कुमार पिया,दिलिप पिया,रोशन पिया,दिपक प्रधान,उपाध्यक्ष गेहेन्द्र्मान श्रेष्ठ ,सद्स्य गुन्जन मास्के,ऋषि राम न्यौपाने ,योगिता पिया सहित स्पाउस हरु मन पिया,धुपी जोशी,रोसनी प्रधान लगायतका रोटरीयन एवं स्पाउसहरुको सहभागिता रहेको थियो ।
करुणालय आश्रमका आश्रितलाई चितवन रोटरीको सहयोग
करुणालय आश्रमका आश्रितलाई चितवन रोटरीको सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु