चितवन, २८ भाद्रौः स्व. चन्द्रकान्त न्यौपानेलाई नेपाली काँग्रेस चितवनले जिउँदो शहिदको संज्ञा दिएको छ । उहाँले पार्टीमा पु¥याएको योगदानका कारण उहाँको निधन भए पनि सबैको मनमा जीवित रहन सक्नुभएको काँग्रेस चितवनका नेताहरुले बताएका हुन ।
स्व. न्यौपानेको १२ औं स्मृति सभामा बोल्ने काँग्रेसका केन्द्रीय सदस्य देखी जिल्लाका पूर्ब सभापतिहरुले उहाँले पार्टी र समाजमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँलाई जिउँदो शहिदको संज्ञा दिएका हुन । आज यहाँ आयोजित कार्यक्रममा न्यौपानेले काँग्रेसको संगठन निर्माण देखि यहाँको बिकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै उनीहरुले न्यौपाने जस्ता योद्धाका कारण काँग्रेस यहाँ सम्म आईपुगेको बताएका थिए ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले न्यौपाने जस्ता योद्दाको परिवारलाई सबैले सधैं सम्मान गर्नु पर्ने बताएका थिएका । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताउनु भएको छ । स्व. चन्द्रकान्त न्यौपानेको १२ औं स्मृति दिवसको अबसरमा आज यहाँ आयोजित स्मृति सभामा बोल्दै उहाँले योगदान राष्ट्र र जनताका लागि गर्नु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “तपाई आफु भित्र नबस्नुस् बाहिरी समाज हेरेर काम गर्नुस् ।” न्यौपाने जस्तै ठूलो मान्छे होईन अशल मान्छे वन्न सके समाज परिवर्तन हुने उहाँले बताउनुभयो । नेता कोईरालाले आफ्नो व्यवहारले आफ्नो पहिचान हुने बताउँदै सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु टेकप्रसाद गुरुङ् र दिनेश कोइरलाले पार्टीका लागि योगदान गर्नेहरुको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँहरुले पार्टी भित्रको आन्तरिक समस्या समाधान गरेर जनताको काममा काँग्रेस अग्र पंतिमा उभिनुनै न्यौपानेको सच्चा सम्मान भएको बताउनुभयो ।
सो अबसरमा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्ब सभापतिहरु जीतनारायण श्रेष्ठ, बिकास कोईराला, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमानसिंह गुरुङ्, टिकाराम न्यौपाने, काँग्रेस नेता डा. सूर्यकान्त घिमिरे, बागमती प्रदेशका पूर्ब मन्त्री उत्तम जोशी लगाएतले न्यौपानेले पाटीमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । न्यौपानेको बारेमा चर्चा गर्दै उहाँहरुले पार्टी भित्र न्यौपाने जस्ता नेताहरुको खोजी गरिनु पर्ने बताउनुभयो । उहाँहरुले भन्नुभयो “पद र लोभ छोडेर पार्टीलाई बलियो बनाउन उहाँहरु जस्तै नेताको खाँचो छ ।” आगामी निर्वाचनमा सबै तहमा बहुमत ल्याएर उहाँहरुको बिचारको कदर गर्ने गरी काम गर्न जरुरी रहेको उहाँहरुको भनाई थियो ।
नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ६ का सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्व. न्यौपानेका छोरा बुद्दिकान्त न्यौपाने, नेपाली काँग्रेस चितवनका उपसभापति राजिब न्यौपाने, सचिब ध्रुर्ब पोख्रेल लगाएतले बोल्नुभएको थियो ।
बि. सं. १९९२ पुस २७ गते लम्जुङ्को दुरडाँडाको देउता पानीमा जन्मनु भएका प्रजातन्त्रका शेनानी चन्द्रकान्त न्यौपानेको बि. सं.२०६९ साल भदौ २८ गते तत्कालिन सभापति शुशिल कोइरालालाई भेट्न काठमाडौं जाँदै गर्दा सवारी दुर्घटनामा परि निधन भएको थियो । उहाँ बि. सं. २०३६ सालबाट अनबरत रुपमा नेपाली काँग्रेसका सबै आन्दोलनमा अग्र पंङ्तिमा रहेर भूमिका निबाह गर्नुभएको थियो ।