चितवन । चितवन रोटरी क्लबको आयोजनामा भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित सिद्धिविनायक माविका विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ । पुरानो मेडिकल कलेजको प्राविधिक
सहयोगमा उक्त स्कुलका पांँचसय विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
क्लबका अध्यक्ष रो. भानु शर्माले ती स्कुलका पांँचसय विद्यार्थीहरुको नाक कान घांँटी, मुटु ,आंँखा तथा दांँतको परीक्षण गरिएको जानकारी दिनुभयो ।
व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सेवा भन्ने मुल भाव राखेर बिश्वबाट पोलियो उन्मुलन गर्ने अभियानमा अग्रसर हुनुका साथै समुदाय र विशेषगरी निम्न बर्गका बालबालिका पढ्ने सामुदायिक बिद्यालयमा स्वास्थ शिविर राखिएको शर्माले बताउनु भयो । यसबाट सर्बसाधरण जनसमुदायमा बालबालिका हरुको स्वास्थ्यमा ध्यान पुग्नुका साथै स्वास्थ्य सचेतना मिल्ने बिश्वास गरिएको छ ।
कार्यक्रममा रोटरीयन पुरानो मेडिकल कलेजका निर्देशक डाक्टर मनोहरलाल प्रधान, विद्यालयका प्रधानाध्यापक शिव कोइरालाले मन्तव्य व्यक्त गर्नु भएको थियो । रोटरीयन पुरुषोत्तम रिजालले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षताः रो.भानु शर्माले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा शर्माले पुरानो मेडिकल कलेज टीम र विद्यालयलाई प्रशंसा सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।