चितवन । चितवन रोटरी क्लबले पूर्व शिक्षक ८५ बर्षीय मथुरालाल प्रधानलाई ह्वील चेयर प्रदान गरेको छ । विगत केही समयदेखि प्यारालाईसिस र पार्किन्सन्सले असक्त प्रधानलाई क्लबले ह्वील चेयर हस्तान्तरण गरेको हो । क्लबका अध्यक्ष भानु शर्माले प्रधानलाई हिंड्डुल गर्न सहज होस भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत ह्वील चेयर सहयोग गरिएको बताउनु भयो ।
भरतपुर –२ निवासी प्रधान सामान्य हिड्ड्डुल गर्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ ।हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष रो. भानु शर्मा ले रोटरीले विभिन्न स्वास्थ ,शिक्षा ,खानेपानी लगायत धेरै क्षेत्रहरुमा कार्य गर्दै आएको जानकारी दिदै अशक्त प्रधान लाई यो ह्वील चेयरले दैनिक जीवनमा केही सहज हुने अपेक्षा गर्नुभयो । कार्यक्रम मा क्लबका सर्भिस प्रोजेक्ट चेयर डा.मनोहर प्रधान ,वरिष्ठ समाजसेवी क्लबका पूर्व अध्यक्ष रो. महेन्द्रलाल प्रधानले मनतब्य राख्नुहुंँदै सबैले सेवाभाब राख्न अनुरोध गर्नुभयो ।
परिवारका तर्फाबाट छोरा प्रदिप प्रधानले क्लब परिवारलाई धन्यबाद व्यक्त गर्नुभयो। प्रधानकै निवासमा सप्पन्न कार्यक्रममा क्लबका उपाध्यक्ष रो. राजन पिया,कोषाध्यक्ष रो. लक्ष्मण अर्याल ,समाजसेवीहरुको सहभागिता थियो ।