चितवन । भारतको उत्तरप्रदेशको राजधानी लखनउ स्थित सिटी मोन्टेसरी स्कुल राजेन्द्रनगर क्याम्पसमा आयोजित चारदिने अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाड ुऋइँब्क्–द्दण्द्दद्ध’ मा भरतपुर–७, अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ ।
लखनउको कानपुररोडस्थित अडिटोरियममा सम्पन्न उक्त प्रतियोगितामा अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको हो । प्रतियोगितात्मक कार्यक्रममा जमसेदपुरको हिलटप स्कुल पहिलो र फैजावादको जेवी एकेडेमी तेस्रो भएका छन् ।
नेपाल, थाइल्यान्ड, श्रीलंका, भुटान र भारतका विभिन्न राज्यका दर्जनौँ विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा सहभागीहरूले आकर्षक शैलीमा शैक्षिक–सांस्कृतिक प्रस्तुती दिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा आयोजित उक्त प्रतियोगितात्मक कार्यक्रममा पाँच देशका दर्जनौँ विद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथि एवम् उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि पाठकले कम्प्युटर र विज्ञानमा गरिएका व्यापक अनुसन्धानले ज्ञानका सम्पूर्ण आयाममा फाइदा पु¥याउने र विश्वस्तरमै जीवनस्तर उकास्न सहयोग पु¥याउने बताए । उनले भने, ‘युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान र प्रतिभालाई समाजको सर्वोपरि हितमा प्रयोग गर्नुपर्छ ।’
कार्यक्रमका विशिष्ट अतिथि पद्मश्री सुधा सिंहले कोफासजस्ता कार्यक्रममा युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान बढाउने र नयाँ विधि अपनाउने अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा आयोजित पत्रकार–विद्यार्थी अन्तक्र्रियामा अङ्कुरम् एकेडेमीका विद्यार्थी राजन पौडेल र साजन अधिकारीले भाग लिएका थिए । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनीहरूले सिटी मन्टेश्वरी स्कुलमा आयोजित कार्यक्रमबाट आफूहरू लाभान्वित भएको बताए ।
कार्यक्रममा अङ्कुरम् एकेडेमीबाट १० जना विद्यार्थी र तीन जना शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो । विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले सिटी मन्टेश्वरीसँग अङ्कुरम् एकेडेमीको भगिनी सम्बन्ध रहेको र दुई विद्यालयबीच संस्कृति आदानप्रदान कार्यक्रम भइरहेको बताए ।
विज्ञान सङ्काय निर्देशक डा. आरएन धितालले कार्यक्रमका सहभागी विद्यार्थीहरूमा विज्ञान र प्रविधिसम्बन्धी नवीनतम् प्रयोगको प्रयोगात्मक र सैद्धान्तिक ज्ञान वृद्धि भएको जानकारी दिए । ओलम्पियाड गेमले साइबर सेक्युरिटीको बारेमा सहभागीलाई गहिरो जानकारी दिएको एन्टी भाइरस र फायरवालले कम्प्युटर सिस्टममा काम गर्ने पद्दतिबारे विद्यार्थीले थप ज्ञान हासिल गरेको उनले बताए ।
चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थीहरूको समूह फ्रान्सको पेरिसमा हुने ११औँ संस्करणको विश्वव्यापी उद्यमी मेला (ग्लोबल इन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन जाने सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।