गैडाकोट । गैंडाकोट –११ हर्कपुर स्थित मुकुन्दसेन अंग्रेजी माध्यामिक बिध्यालयका कक्षा ५,देखि ७ मा अध्ययनरत ११९ जना बिद्यार्थीहरुको मुख तथा दन्त स्वास्थ्य परिक्षण गरिएको छ । कान्तिपुर डेन्टल नारायणगढ र पुल्चोकको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा विद्यार्थीलाई मुख तथा दन्त स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको थियो।
शिविरमा प्राबिधिक सहयोग कान्तिपुर डेन्टल सेन्टर पुल्चोक नारायणगढ शाखा र भरतपुर शाखाबाट दन्त चिकित्सक डा. रितु भण्डारी, डा. प्रेरना श्रेष्ठ, डा. तेजस्विनी , डेन्टल हाईजेनिष्ट उन्नति गुरुङ्ग, दन्त सहायक सबिता गुरुंङ्ग र संयोजक शोभा अधिकारीले सेवा प्रदान गर्नु भएको थियो।
उक्त शिविरमा स्वास्थ्य परिक्षण गरिएका विद्यार्थी मध्ये करिब ८० जना मा दांतको सडन ( किराले खाने समस्या) भेटिएको थियो ।
सो कार्यक्रममा ४० जना विद्यार्थीको दांत हल्लिएको , २० जनाको दांँतको जरा देखिनै उपचार गर्नु पर्ने देखिएको थियो । र कतिपयको दांँतको सफाई गर्नुपर्ने देखिएको थियो । शिविरमा उनीहरुलाई नियमित रुपमा राम्रो संँग दांँत माझ्न, दांँतको हेरचाह र परीक्षण गर्न सुझाइएको थियो ।