भरतपुर। नारायणगढ स्थित बालकुमारी कलेज विज्ञान संकायको आयोजनामा शनिबार भरतपुरमा स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा वि.एस.सी. माईक्रोवायोलोजी र वातावरण विज्ञान संकाय प्रथम वर्षमा अध्यायनरत विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण गरिएको हो ।
कलेज संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्व विद्यालय माईक्रोवायोलोजी केन्द्रिय विभागका प्रो.डा. अन्जना सिंह प्रमुख अतिथी रहनु भएको थियो । करिव ४० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी सिंहले माईक्रोवायोलोजी र वातावरण विज्ञानको महत्व र पढाई पछिको संभावनाको वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल जगदिश्वर खनाल, सहायक प्रिन्सिपल बाबुराम पन्थी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम बालकुमारी कलेजका विज्ञान संकाय प्रमुख अनुपमुनी बज्राचार्यले संचालन गर्नु भएको थियो । सो अवसरमा माईक्रोवायोलोजी विषयमा त्रिभुवन विश्व विद्यालय दोस्रो हुन सफल बालकुमारी कलेज वि.एस.सी. चौथो वर्षमा अध्यायनरत विद्यार्थी अन्जली उपाध्याय र सामुदायिक कलेज प्रथम हुन सफल बालकुमराी कलेज वि.एस.सी तेस्रो वर्षमा अध्यायनरत विद्यार्थी बुलबुल श्रेष्ठलाई सम्मान गरिएको थियो ।