चितवन । चितवनमा विद्युतीय माईक्रोबस अनियन्त्रित भई पल्टंँदा सातजना यात्रु घाईते भएका छन । आज बिहान ६ बजेर १० मिनेटमा नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १ पानी ट्यांकी स्थित ओरालोमा माईक्रोबस दुर्घटना भएको थियो ।
नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नं. को ईलेक्ट्रिक माईक्रो आफै अनियन्त्रित भई पल्टिई दुर्घटना हुुंँदा सातजना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाईतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था मध्यम र सामान्य छ । प्रहरीले माइक्रोबस चालक गोर्खा, पालुङ्गटार नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विनोद रेग्मीलाई नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु