चितवन । भरतपुर १० स्थित चितवन मेडिकल कलेज अगाडी रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरमा कपाल तथा अनुहारको निशुल्क परिक्षण गरिने भएको छ । यही १२ र १३ गते ट्रान्सप्लाण्ट परिषरमा नेपालकै वरिष्ठ विशेषज्ञहरुबाट कपाल तथा अुनहारको निःशुल्क परिक्षण हुने भएको हो ।
नेपाल मै पहिलो पटक ल्याइएको स्किन एनलाइजरबाट अनुहारको निशुल्क परिक्षण गरिने र उपचारका लागी विशेष छुट रहेको स्कीन केयरका सञ्चालक जयराम जोशीले जानकारी दिए ।
उक्त परिक्षण बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म हुनेछ । कपाल पातलो वा पूर्ण रुपमा तालु भएका, अनुहारमा पोतो, दाग, चाउरीपना भएका व्यक्तिहरूले सम्पर्क गरेर मौकामा फाइदा उठाउन लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरका सञ्चालक जोशीले आग्रह गरे ।
कपाल पूर्णरुपमा झरेको वा पातलो भएका महिला तथा पुरुषलाई नयाँ कपाल उमार्ने तथा कपाल रोप्ने, कपालमा पीआरपी वा जिएफसी गर्ने, अनुहारमा भएका कोठी दागहरुलाई पूर्ण रुपमा हटाउने, अत्यधुनिक मेसिनबाट अनुहारको हाईट्रोफेसियल,बोटोक्स अनुहारको चाउरीपना हटाउने, नाक, ओठ सर्जरी गरी मिलाउने र गालामा डिम्पल बनाउने जस्ता सेवाहरु लाइफलाइन हेयर ट्रान्सप्लान्टले दिदैँ आएको छ ।