चितवन । भरतपुर लायन्स क्लब अफ चितवन आरोग्यको संयोजन, मध्यबिन्दु नगरपालिका १० एवं श्रीया सुर्य टुबिन स्मृतिको आयोजना तथा पुरानो मेडिकल कलेज र चित्रवन नेचर केयर अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा करिब सातसय जना स्थानीय बिरामीहरुले निशुल्क स्वास्थ्य लाभ लिएका छन। शिविरमा निःशुल्क ब्लड सुगर,प्रेसर जांँच,भिडियो एक्स रे सेवा, समेत दिईएको मेडिकल कलेजका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।
पुरानो मेडिकल कलेजका तर्फबाट बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,डा एरिस उप्रेती,डा रमा कट्वाल,डा कन्चन कुमार गोयन्का,डा. हरि गैरे,डा नेहा गुप्ता,डा. राहुल मित्तल,डा राम पौडेल,डा. सरोज पोख्रेल,डा आशिष ठाकुर,डा नकुल तामाङ,डा स्मिता शाहले चेकजांँच गरेका थिए । यस्तै अन्य चिकित्सक ,स्वास्थ्य कर्मीमा निरमा मेहेता,नमन मिश्रा,डा पन्कज ढकाल,डा स्मृती शाक्य,डा कमलराज बराल, डा आस्था श्रेष्ठ ,डा समिक्षा थापा,डा मेनका पौडेल, मेरिना खाड, रमा थापा मगर,टिकाराम पोखरेल,सिसिल्या चौधरी,प्रबिण उपाध्याय, दिपक परियार आदिले अर्थो, स्त्री तथा प्रसुती,बालरोग,जनरल फिजिसियन,नाक कान घाँटी,दन्तरोग, नेत्र रोग, फिजियोथेरापी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए ।
वडा न १० अध्यक्ष रण बहादुर थापा क्षेत्रीले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा चन्द्र खरालले स्वागत मन्तब्य राख्नु भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले यस्ता सेवामुखी कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि गराइने र स्वास्थ्य सेवा अति बिपन्नको पहंँुच सम्म लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
श्री शान्ती दिप स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,दुर्गा प्रसाद न्यौपाने,पूर्व माननीय जनकलाल श्रेस्ठ, नेचर केयर अस्पतालका प्रबन्धक लक्ष्मण थापा लायन्स क्लब अफ चितवन आरोग्यका बद्री प्रसाद घिमिरे,डा विशाल सापकोटा आदिको आतिथ्यता रहेको थियो।
नीजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दशकदेखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन।
विभिन्न संघ सस्थाहरु सग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख न्यौपानेले बताए ।