चितवन – चितवनमा पछिल्लो २४ घण्टामा १०६ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट ९० तथा एन्टिजेनबाट १६ जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिकाका ६९, खैरहनी नगरपालिकाका ८, माडीका ७, रत्ननगरका १४, राप्तीमा ५, कालिकाका २ र इच्छाकामनाका १ जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै चितवनमा कोरोना संक्रमितको संख्या २३ हजार ४८० पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा २११ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर अहिलेसम्म जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २० हजार ७१४ पुगेको छ ।
२ हजार ३९३ जनामा अझै कोरोना सक्रिय छ । उनीहरु मध्ये २ हजार २३९ जना होम आइसोलेसनमा छन् भने १५१ जना अस्पताल तथा ३ जना संस्थागत आइसोलेसनमा छन् ।
जिल्लाभर कोरोना संक्रमणबाट अहिलेसम्म ३७३ जनाको मृत्यु भएको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चितवनमा २ जनाको मृत्यु भएको छ ।