रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा ‘होली म्यूजिक फेष्टा’ सिजन– ५ हुंँदैे छ । रत्ननगर जुनियर जेसीजले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले चैत्र १२ गते फेष्टा आयोजना गरेको हो ।
रत्ननगर १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा कार्यक्रम हुने कार्यक्रम संयोजक सगुन रेग्मीले जानकारी दिए । प्रवेश शुल्क रु २ सय रुपैँया तोकिएको छ ।
लोप हुँदै गएको फागुपर्वको महत्व जनसमुदाय सम्म लैजान, स्थानीय कलाकारलाई हौसला प्रदान गर्न, आन्तरिक पर्यटन प्रर्बद्धन गर्न र व्यवसायिक पहल र अबलोकनमा बृद्धि गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक रेग्मीले बताए ।
जुनियर जेसीजले विगत आठ बर्ष देखि होली कार्यक्रम गर्दै आइरहेको रत्ननगर जुनियर जेसीजका निवर्तमान अध्यक्ष एंव राष्टिय जुनियर जेसिज क्षेत्र ‘ख’ का संयोजक सन्दर्भ खनालले जानकारी दिए ।
कार्यक्रम परिसरमा विभिन्न खानका स्टलहरु समेत रहने रत्ननगर जुनियर जेसीजकी अध्यक्ष रेनुका ढकालले जानकारी दिए । ‘होली म्यूजिक फेष्टा’मा नेपाका विभिन्न चर्चित व्यान्डहरुको प्रस्तुती रहनेछ ।
रत्ननगरमा चैत्र १२ गते ‘होली म्यूजिक फेष्टा’ सिजन– ५ हुंँदै
रत्ननगरमा चैत्र १२ गते ‘होली म्यूजिक फेष्टा’ सिजन– ५ हुंँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु