पोखरा । उच्च अदालत पाेखराले प्राकृतिक सम्पदालाई ४ दशकसम्म ठेक्कामा लगाउने पोखरा महानगरपालिकाकाे निर्णय तत्काल कार्यान्वयन नगर्न भनी अन्तरिम आदेश जारी गरेकाे छ । महानगरविरुद्ध कानुन व्यवसायीले दायर गरेकाे रिटकाे सुनुवाइ गर्दै अदालतले तत्कालका लागि काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेकाे उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
ठेक्का नै रद्द हुनुपर्ने मागसहित कानुन व्यवसायी सविन तिवारी सहित तीन जनाले रिट दर्ता गराएका थिए ।
महानगरले सेती सिल्ट्रेसन, सेती खोँच र पाताले छाँगो निजी कम्पनीलाई ठेक्का दिइसकेको छ । महानगरले सेती क्यानोनसँग सेती खोँच र पाताले छाँगो ठेक्का सम्झौता गरेको थियो भने फेवा सिल्ट्रेसनसँग ड्यामको सम्झौता गरेको थियो ।
फेवा ड्याम २४ वर्ष र बाँकी दुईवटा आयोजना ४० वर्षका लागि ठेक्का दिइएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु