चितवन । भरतपुर वडा नम्बर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.को आफ्नो ११ औं वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा बिहीबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीको वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत भरतपुर १२ स्थित सानोघरलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । हाम्रो घर अनाथ तथा असहाय बालिकाहरुलाई संरक्षण र संरक्षण गर्दै आएको सस्था हो । हाल सानो घरमा २० जना बालिकाहरु आवासीय रुपमा बस्दै आएका छन् । सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सानोघरकी अध्यक्ष एवं संचालिका विमला श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो । सहकारीका सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै सहसचिव विश्वकर्माले सामाजिक सेवा सर्वोत्कृष्ठ कार्य भएको वताउनु भयो ।
कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले सहकारीलाई सामाजिक कामको लागि अवसर दिनु भएकोमा सानोघर परिवारलाई आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तो प्रकारको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सो अवसरमा सानोघरकी संचालिका श्रेष्ठले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष प्रेम प्रकाश रामदाम, सहकोषाध्यक्ष विक्रम घिमिरे, सदस्य उत्सव खाती, रुपा बराली, जुना सुनार, सरिता भट्टराई, गुन बहादुर रामदाम, सहकारीका प्रबन्धक रमेश कुमार रामदामलगायतको सहभागिता रहेको थियो ।
यसैगरी वार्षिकोत्सवकै अवसरमा सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले शेयर सदस्यहरुको लागि फागुन १९ देखि २१ गतेसम्म अस्पतालरोड भरपुर स्थित एनआरएल चितवन (ल्याव) मा विशेष छुटमा रगत मार्फत स्वास्थ्य जाँच (होलवडी चेकअप) को व्यवस्था मिलाएको सहरकारीका सचिव निलेमान शाक्यले जानकारी दिनु भयो । स्वास्थ्य जाँच गराउन चाहाने सदस्यहरुलाई छुटको सुविधा उपयोग गर्न शाक्यले अपिल गर्नु भयो ।