चितवन । प्रजातन्त्र दिवसकाे अबसरमा बाटुलि पाेखरी क्षेत्रकाे सरसफाई गरिएकाे छ । प्रजातन्त्र दिवस समाराेह समिति चितवनकाे आयाेजनामा पाेखरी क्षेत्र सरसफाई गरिएकाे हाे ।
भरतपुर भ्रमण बर्षलाई लक्षित गर्दै पाेखरी क्षेत्र सरसफाई गरिएकाे हाे । तीन दिन दिवस मनाउने क्रममा पहिलाेदिन सरसफाई कार्यक्रम आयाेजना गरिएकाे हाे । कार्यक्रममा बाेल्दै समाराेह समितिका संयाेजक जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले पर्यटकिय क्षेत्रकाे बिकास र संरक्षण गर्नु सबैकाे दायित्व रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे” पर्यटकीय क्षेत्रकाे बिकास र यसकाे सम्बर्द्धन गर्न सके आर्थिक सम्बृद्वि हाँसिल हुन्छ ।” सहिदकाे सम्मानका लागि सबैले देशलाई सम्बृदीकाे यात्रातर्फ लैजानु पर्ने बताउनुभयाे । सहिदकाे सपनालाई सकार गर्ने समय आएकाे उहाँकाे भनाई थियाे ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले समाज परिवर्तनका लागि सहिदहरुकाे सम्मान गर्नु पर्ने बताउनुभयाे । सरसफाई कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी, स्थानिय लगाएतकाे सहभागिता रहेकाे थियाे ।