चितवन । चितवनको कालिका नगरपालिका वडा नम्वर ११ मा विपन्नलाई लक्षित गर्दै भिडीयो एक्सरे सहितको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कालिका नगरपालिका वडा नम्बर–११ को आयोजना तथा कालिका नगरपालिकाको सहकार्य मानव बिकास तथा सामुदायिक सेवा ललितपुरद्वारा संचालित स्वास्थ्य सुधार परियोजना चितवनको आर्थिक सहयोगमा शिविर सम्पन्न गरिएको हो । शिविरमा भिडियो एक्सरे सहित निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो। स्थानीयलाई स्वास्थ्य सेवाको पहुंँच तथा जनचेतना फैलाउने उद्धेश्यसहित निशुल्क शिविरको आयोजना गरिएको हो ।
एकदिने सो शिविरमा विभिन्न बालरोग, स्त्रीरोग, हाड जोर्नी, नाक कान घाँटी , जनरल मेडिसिन, ल्याब, फिजियोथेरापी, भिडियो एक्सरे, फार्मेसी लगायतका सेवा प्रदान गरिएको थियो।
शिविरमा चार सय जनाले सेवा लिएको वडा अध्यक्ष कृष्ण बहादुर प्रजाले जानकारी दिनुभयो । शिविरबाट स्वास्थ्य सेवा पाएपछि स्थानीयहरु खुशी भएको प्रजाले बताउनु भयो ।
आगामी दिनमा पनि नागरिकलाई प्रत्यक्ष लाभ हुने यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिंँदै जाने उहांँको भनाई छ ।
कालिका नगरपालिकाकि उप–प्रमुख बिमला तामङको प्रमुख आतिथ्यता रहेको शिविरको प्राविधिक सहयोग गुन्जमान सिंह अस्पतालको रहेको थियो ।