चितवन । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ ।
महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै उहांँले सरकार र नीजि क्षेत्रको सहकार्यमा आर्थिक संकट अन्त्यको लागि पहल सुरु गर्नु पर्ने बताउनु भयो । भूकम्प र कोरोना महामारीपछि मुलुकको आर्थिक प्रणालीमा असर परेका कारण आर्थिक संकट पैदा भएको भन्दै उहांँले यसको अन्त्यको लागि सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
‘मुलुकमा आर्थिक संकटको असर चौतर्फी रुपमा रहेको छ उहांँले भन्नुभयो, संकटको सामधानको लागि राज्य चनाखो हुनुपर्छ । अध्यक्ष तिमिल्सिनाले निकुञ्जको संरक्षण र जिल्लाको पर्यटनलाईसंगसंगै अगाडि बढाउनु पर्ने बताउनु भयो । मानव र वन्यजन्तु बीचको द्बन्द्ब न्यूनीकरण गर्दै स्थानीय समुदायको जीविकोपार्जनलाई प्राथमिकता दिनुपर्ने उहांँको भनाई छ । संरक्षणलाई पर्यटनसंग जोडेर आर्थिक विकासका गतिविधि बढाउन उहांँले सुझाब दिनुभयो ।
चितवनमा रेलमार्गको सम्भावना रहेको भन्दै उहांँले वन र वन्यजन्तुलाई असर नपर्ने गरि रेलमार्ग निर्माणको कामलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद हरि ढकालले पूर्वी चितवन विकासको श्रोत वाडफाडका हिसाबले विभेदमा परेको बताउनु भयो । भरतपुरलाई मात्र चितवन मान्ने राज्य सञ्चालकहरुको सोचका कारण पूर्वी चितवन पछाडि परेको बताउनु भयो । विकासका मुद्धाहरुमा अबको बहस केन्द्रीत हुनुपर्ने भन्दै उनले सौराहाका पर्यटन, रत्ननगर अस्पताल तथा खेल पर्यटनको विकासका लागि बहस चलाउन आवश्यक रहेको उहांँको भनाई छ ।
रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले रत्ननगर महोत्सवमा कृषि र पर्यटनलाई महत्व दिँदै उद्यमशिलता विकासलाई जोड दिएका कारण स्थानीय सरकारले सहयोग र साथ दिएको बताउनु भयो ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले जिल्लाको आर्थिक सम्भावनाको उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो । देशको आर्थिक प्रणालीमा आएको संकट सामधानको लागि सरकारले नीतिगत सुधार गर्नु पर्ने भन्दै उहांँले महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान गराउने बताउनु भयो ।
कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल, जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका संस्थापक मेयर नारायण वन, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ, महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष गुणराज श्रेष्ठ, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।