चितवन । उद्योग वाणिज्य संघ चितवनको २०८०–८२ कार्यकालको लागि अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । सोमबार भएको निर्वाचनमा श्रेष्ठले एक हजार ५१५ मत प्राप्त गर्नुभयो भने श्रेष्ठका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत मात्रै प्राप्त गर्नुभयो ।
संघको नयाँ कार्यसमितिमा श्रेष्ठको प्यानलका अधिकार उम्मेदवार विजयी हुनु भएको छ । पन्त भने एक्लै निर्वाचनमा होमिनु भएको थियो । संघको नयाँ कार्यकालको लागि सुमनकुमार श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित हुनु भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी,उपाध्यक्ष (उद्योगतर्फ) अशोक अधिकारी, उपाध्यक्ष (वाणिज्यतर्फ) ः राजेन्द्र ओली, उपाध्यक्ष (कर्पोरेट÷वस्तुगततर्फ) ः नारायण प्रधान विजयी हुनु भएको छ ।
यस्तै कार्यसमिति सदस्य (महिलातर्फ) अस्मिता तिमिल्सिना, कार्यसमिति सदस्य क्षेत्रीय संघतर्फ मणिरत्न शाक्य,कार्यसमिति सदस्य कर्पोरेटतर्फ,अमित कौडेल,राजकुमार कानु,कार्यसमिति सदस्य (उद्योगतर्फ) इमान्दु बराल,अशोक श्रेष्ठ,पूर्णिमा जोशी श्रेष्ठ,धनप्रसाद पोखरेल,उपेन्द्र पण्डित, शंकर अधिकारी निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्य वस्तुगततर्फ दिपक काफ्ले,नरेश खनाल,विष्णु लम्साल, शंकरप्रसाद घिमिरे,कार्यसमिति सदस्य (वाणिज्यतर्फ) गुणराज पौडेल,श्रीकृष्ण लम्साल,दीपा शाही,सन्तोषजनक भुसाल,दाताराम घिमिरे र सुनिता लिगल कर्माचार्य विजयी हुनुभएको छ ।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु