चितवन । आर्थिक पत्रकारिता पुरस्कारबाट सूर्यप्रसाद अधिकारी सम्मानित हुनु भएको छ । चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि,शिक्षा स्वास्थ्य पर्यटन लगायतका व्यवसायिक प्रर्वद्धन संग सम्बन्धित समाचार प्रसारण गरि जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै अधिकारीलाई सम्मानित हुनुभएको हो ।
उद्योग वाणिज्य संघ, चितवनको ५७ औं बार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर अधिकारीलाई नगद ५१ हजार सहित सम्मानित गरिएको थियो ।
अर्थमन्त्री डा.प्रकाशशरण महत , बाग्मती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको थियो । अधिकारी चितवनमा रहेर एकदशक भन्दा बढी समय आर्थिक क्षेत्रलाई प्राथमिकता दिन कलम चलाउंँदै आउनु भएको छ । उहांँ रेडियो नेपालका चितवन संवाददाता हुनुहुन्छ ।