चितवन । चितवनको रामपुरमा रहको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीन छात्रहरु फेसबुकमा नक्कली आईडी बनाएर फरौती रकम मागेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका –१३ का २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका– १का १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका –२९ का २२ वर्षीय अनुराग घिमिरे रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग ब्ल्याक मेलिङ्ग गरी फिरौती रकम मागेको थिए ।
भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा यो समूहमा अरु पनि सहभागी हुनसक्ने आशंका प्रहरीको छ । तीन छात्रले उनीहरुसंँग दुई देखि चार लाख रुपैयाँसम्म फिरौती रकम मागेका थिए ।
उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएको फोन रेकर्ड रहेको कार्यालयका डिएसपी पण्डितले जानकारी दिनुभयो । उनीहरु तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
उनीहरुको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
चितवनमा नक्कली फेसबुक आईडी बनाई फिरौती माग्ने तीन छात्र पक्राउ
चितवनमा नक्कली फेसबुक आईडी बनाई फिरौती माग्ने तीन छात्र पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु