चितवन । पोखराका रेष्टुरेण्ट व्यवसायी पर्यटन प्रर्वद्धन व्यवसायी सौराहा आएका छन । अंग्रेजी नयांँ बर्षको पूर्व सन्ध्यामा २५ औं पोखरा सडक महोत्सवको प्रचारप्रसार गर्ने उद्धेश्य सहित रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान)का प्रतिनिधि सौराहा आएका हुन । आयोजक संस्था रेवान पोखराले आज सौराहामा पत्रकार सम्मेलन गरी यसबर्ष गरिने पोखरा सडक महोत्सवको बारेमा जानकारी दिएको हो ।
सो अवसरमा बोल्दै पोखरा सडक महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सवको रजत जयन्ती अवसरमा महोत्सवलाई केही फरक रुपम प्रस्तुत गरिने बताउनु भयो ।
‘हामीले यसपटक देशका विभिन्न क्षेक कला संस्कृति, खेलकुद गतिविधि , साहसिक खेल गतिविधिलाई प्राथमिकता दिएका छौं । संयोजक पौडेलले भन्नुभयो, यसको दायरा फराकिलो थप फराकिलो पार्ने प्रयास गरेका छौं ।’ उहांँका अनुसार महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रर्दशन, दोहोरी प्रतियोगिता, झांँकी प्रर्दशन, रात्रीकालीन कन्सर्ट, बोट रेस, टग अफ वार, भलिवल प्रतियोगिता , सडक नाटक, पोखराको पर्यटन विकास तथा प्रर्वद्धन , अवसर तथा चुनौति बिषयक अन्र्तक्रिया तथा टकशो लगायतका गतिविधि राखिनेछ ।
सडक महोत्सवमा स्वेदशमै उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला , कृषि वनस्पति लगायतका उपजलाई समेत प्रर्दशन गरिने पौडेलले बताउनु भयो ।
पुष १२ देखि १६ सम्म ५ दिनसम्म चल्ने सडक महोत्सवलाई थप विस्तार गर्दै फिष्टेल गेट देखि गैराको चौतारा हुंँदै जरेवर लेकसाइड सम्म ४ किलोमिटर सम्म महोत्सवका गतिविधि गरिने भएको छ । पांँच दिनसम्म चल्ने मेलामा आन्तरिक तथा बाह्य पर्यटन गरी पांँचलाख पर्यटक भित्रिने अपेक्षा गरिएको छ । यसले पोखराको मात्रै नभई समग्र देशको पर्यटन विकासमा मदत पुग्ने पौडेलको भनाई छ ।
महोत्सवमा पर्यटकलाई थप आकर्षण गर्न आवासमा १५ देखि २० प्रतिशतको छुट र रेष्टुरेण्ट परिकारमा १० देखि १५ प्रतिशतसम्मको छुट व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो ।
महोत्सवको लागि ७० लाख खर्च अनुमान गरिएको र ८० लाख आम्दानी हुने आयोजकको विश्वास छ । सो अवसरमा बोल्दै क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले पोखरा र सौराहा एक अर्काको परिपुरक रहेको बताउनु भयो । ‘जंगल सफारीको लागि पोखरा पुगेका पर्यटक यहांँ आउंँछन, साहसिक खेल र अन्य गतिविधिको लागि यहांँका पर्यटक उता जान्छन।’ गिरीले भन्नुभयो । समय, सडक ,र हवाई यातायातको सहज पहुंँचका कारण पनि दुबै पर्यटकीय गन्तव्य अलग महत्व रहेको उहांँले बताउनु भयो ।
कार्यक्रममा रेवान सौराहाका नरेश गिरी, निर्वतमान अध्यक्ष दिपक खड्का, गोकर्ण गिरी लगायत पोखराका रेष्टुरेण्ट व्यवसायीको सहभागिता रहेको थियो ।