चितवन । चितवनको नारायणगढमा नेपाली जुत्ता उद्योगीहरुको नेपाली जुत्ता घर सञ्चालनमा आएको छ । आज नारायणगढको विगबजारमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ताघरको औपचारिक रुपमा उद्धघाटन गरे । उक्त विगबजार नेपाली जुत्ताघरमा ७वटा उद्योगका जुत्ता बिक्रीका लागि राखिएका छन ।
सो अवसरमा बोल्दै उवासंघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले स्वदेशी उत्पादनले आर्थिक गतिविधि चलायमान हुनुको साथै रोजगारीमा समेत बृद्धि हुने बताए । नेपाली जुत्ता उद्योगीहरुले गुणस्तर बृद्धि गरी विदेश समेत निर्यात गर्नुपर्नेमा उनले जोड दिए । चालु पूंँजी कर्जा निर्देशिकाले उद्योगी व्यवसायीलाई समस्यामा परेको बताउंँदै उनले राज्यले खुल्ला अर्थनीतिलाई प्राथमिकतामा राखेर अबलम्बन गर्नुपर्ने बताए ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जुत्ता चप्पलमा गरिएको देशभरीको शाखा विस्तार अन्य क्षेत्रमा पनि गरिनुपर्नेमा उनले जोेड दिए । नेपाली उत्पादनले गुणस्तरीयमा प्रतिस्पर्धा गरिनुपर्ने बताउंँदै उनले नेपाली उत्पादनलाई सबैले प्रर्वद्धन गर्नुपर्ने बताए ।
सो अवसरमा बोल्दै फुटवेयर म्यानुफ्याक्चरिङ्ग एशोसियसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी उत्पादनको प्रर्वद्धन र विदेशबाट आयातित जुत्तालाई निरुत्साहित गर्ने उद्धेश्यले चितवनमा शाखा विस्तार गरिएको बताए । ‘हामी उद्योगीले उत्पादन अलग अलग गर्ने भएपनि , बिक्री एकै ठाउंँमा गर्दै आएका छौं, उनले भने, यो प्रतिस्पर्धा स्थानीय व्यवसायीसंँग होइन हामी आफैंसंँग हो । ’
उक्त समुहले हाल ७ वटा उद्योगका जुत्ताहरु बिक्रीमा ल्याएको छ । उक्त समुहले पहिलो शोरुम
बैशाख देखि बुटवलमा, दोस्रो शोरुम पोखरामा , तेस्रो शोरुम जनकपुरमा , चौथो काठमाडौंको न्यूरोडमा , पांँचौ ललितपुरको सातदोबाटोमा र छैंटौं शोरुम नारायणगढमा सञ्चालनमा ल्याएको हो । अध्यक्ष घिमिरेले देशैभरी बिक्री कक्ष सञ्चालन गर्ने उद्धेश्यसहित शाखा विस्तार गर्दै लगिएको बताए । ‘यो बिक्री कक्षमा एउटै छानामुनि ग्राहकले यी सबै ब्राण्डका जुत्ता पनि पाउंँछन , उनले भने, यसबाट थप जुत्ताको बजारीकरण हुनुका साथै रोजगारीमा पनि बृद्धि हुन्छ ।’
छिट्टैनै बिर्तामोड,ईटहरी, विराटनगर, भैरहवा र कपिलवस्तुमा बिक्री कक्ष विस्तार गर्न लागिएको उनले बताए । हाल उक्त समुहले फास्ट वाक, डिजे शु, बिएफ डियर हिल शु, क्रसरोड शु, स्मार्ट शु का १५ भन्दा बढी ब्राण्ड र तीनहजार भन्दा बढी मोडलका जुत्ता चप्पल उत्पादन गरिएको जानकारी दिएको छ । कम्पनीले हाल एकहजार पांँचसय बराबरको जुत्ता खरीदमा चप्पल उपहारको अफर समेत राखेको छ ।