चितवन । नारायणगढको शहीद चोकमा रहेको चितवन हिमाल डेन्टल प्रा.ली.ले सेवाको २० औं बार्षिकोत्सवको अवसरमा निशुल्क दन्त परीक्षण गर्ने भएको छ ।
डेन्टलले सेवाको २० औं बर्ष पार गरी २१ औं बर्ष प्रवेश गरेको अवसरमा यही आउंँदो पुष १ गतेदेखि डेन्टलकै परिषरमा शिविर गर्न लागेको हो ।
सो अवसरमा डेन्टलले दन्त सम्बन्धी सम्पुर्ण समस्या र रोगको परीक्षण निःशुल्क र उपचारमा ३० प्रतिशत छुट दिने डेन्टलका सञ्चालक जयराम जोशीले जानकारी दिनुभयो ।
डेन्टलले सेवाग्राहीको दन्त परीक्षण र सेवालाई मध्यनजर गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी आफ्नै दोस्रो शाखा लाइफलाइन हेयर ट्रान्सप्लान्ट तथा स्किन केयरमा पनि पुष १ गते देखिनै निःशुल्क शिविर सञ्चालन गर्न लागेको छ । ‘हाम्रा सेवाग्राहीलाई ध्यानमा राखी २० औं बार्षिकोत्सवमा दुईवटै ठाउंँबाट निःशुल्क सेवा दिदैछौं सञ्चालक जोशीले भन्नुभयो , हामीले दन्त सम्बन्धी परीक्षण र उपचारलाई सबैको पहुंचमा पुरयाउन पनि १५ दिनसम्म निशुल्क शिविर आयोजना गरेका हौं । यो हाम्रो संस्थागत दायित्व पनि हो ।’
शिविरमा दक्ष चिकित्सक, नर्स, प्राविधिक सहितको टोलीले परीक्षण, परामर्श उपचार दिने भएकोले निशुल्क शिविरको लाभ लिन समेत जोशीले आग्रह गर्नुभयो ।
हाल चितवन हिमाल डेन्टलमा दांँत सम्बन्धी यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्याधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा दिंँदै आएको छ ।