चितवन । ट्राफिक प्रहरी चितवनले निशधाज्ञा अवज्ञा गर्ने ५९वटा सवारीसाधनलाई कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको अवज्ञा गरी आज –शुक्रबार)जोर अंकको सवारीसाधन चलाई निशेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गरेको हो ।
कार्यालयका अनुसार आज निशेधाज्ञा अवज्ञा गर्ने दुईपांँग्रे २८ वटा ,साना सवारीसाधन १० वटा र ठूलो ११ र तीन पांँग्रे १० वटा सवारीसाधनलाई कारवाही गरेको हो ।
कारवाही गरेका मध्ये दुईपांँग्रे र तीनपांँग्रेलाई न्यूनतम पांँचसय रुपैयांँ र साना तथा अन्य ठूला सवारीलाई २हजार रुपैयांँसम्म जरीवाना लिईएको कार्यालय प्रमुख भगवान थापाले जानकारी दिए । आगामी दिनमा जोर विजोर प्रणालीमा थप कडाई र निगरानी राखिने थापाको भनाई छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु