चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ । गएराती राप्ती नगरपालिका र मनहरी गाउंँपालिकाको सिमानाको सामुदायिक वनबाट अन्दाजी १० बर्षीय पोथी पाटेबाघलाई नियन्त्रणमा लिईएको हो ।
निकुञ्जको हात्ती सहितको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहितको टोलीले गएराती १० बजेतिर नियन्त्रणमा लिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दियो ।
हाल यो बाघलाई निकुञ्जको खोरमा राखिएको छ । उक्त बाघले श्रृखंलाबद्ध रुपमा सो क्षेत्रमा मानिसलाई मार्न थालेपछि डार्ट गरेर नियन्त्रण लिईएको उहांँले बताउनु भयो । केही दिन अघिमात्र बाघको आक्रमणबाट सोही ठाउंँमा एकजनाको ज्यान गएको थियो भने आईतबार राती मात्र अर्को एकजना पुरुषलाई खाएको अवस्थामा शरीरका केही भाग फेला परेको हो । उक्त शवको हालसम्म पहिचान हुन सकेको छैन । उक्त बाघलाई खोजी गर्ने क्रममा बाघले खाएको अवस्थामा उक्त शब फेला परेको उहांँले जानकारी दिनुभयो ।