चितवन। ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ’बेष्ट वन एजुकेसन लक्की सांस्कृतिक साँझ–२०८०’कार्यक्रम सम्पन्न भएको छ । भरतपुर–९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा ’बेष्ट वन एजुकेसन लक्की सांस्कृतिक साँझ–२०८०’कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाली लोक दोहोरी क्षेत्रकी वरिष्ठ लोक गायिका देवी घर्ती मगर, नेपाली सांगितिक क्षेत्रकी गायिका सहिमा श्रेष्ठ र सञ्चारकर्मी तथा गायक सन्तोष बस्याल लगायतले गीत गाएका थिए । लक्की सांस्कृतिक साँझमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रममा संगीतको पुरानो बाजा मुरलीको धुन बजाएर कृष्ण प्रसाद पंगेनीले लक्की सांस्कृतिक साँझ कार्यक्रममा आउनु भएका अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।
लक्की मिडिया हाउस चितवनका वरिष्ठ सल्लाहकार समाजसेवी बेदबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा बिकासप्रेमी युवा नेता राजेन्द्र मणी काफ्ले, विशिष्ट अतिथिमा उधोग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, अतिथिमा कृषि बैँक लिमिटेड प्रदेश कार्यालयका बरिष्ठ शाखा प्रमुख नुर प्रसाद गौतम, साप्ताहिक सञ्जाल नेपाल चितवनका अध्यक्ष सुर्य बराल र लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ रहेका थिए ।
लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक कार्कीले, लक्की सांस्कृतिक कार्यक्रम सफल पार्न साथ सहयोग गर्नु हुने चर्चित गायक, गायिकाहरु, दर्शक, बिज्ञापनदाता, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गर्नु भएको थियो। सांस्कृतिक साँझ कार्यक्रममा आधुनिक, लोक तथा नेपाली चलचित्रका गीतहरु गाएर गायक,गायिकाहरुले प्रस्तुति दिएका थिए ।