चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन । संघकोे ३२ औं साधारण सभा तथा १७ औं अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्यसमिति समेत सर्बसहमत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा प्रमेश्वर भण्डारी, दिनुप कुमार बराल, गोपाल प्रसाद गैंरे, तारा वहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे चयन भएका छन । संघको विधानह अनुसार अन्य सबै कार्यसमिति सदस्य हुनेछन ।
अधिवेशनको उद्धघाटन वागमती प्रदेशका उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री मन्त्री रामकृष्ण चित्रकारले गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री चित्रकारले उद्योग व्यवसाय क्षेत्रमा उत्पादन भन्दा बढी सेवा क्षेत्रमा सबै केन्द्रित रहंँदा उत्पादनमा बृद्धि हुन नसकि आयात बढेको बताए । कानुन, ऐन निर्माण तथा कार्यान्यन नहुंँदा सरकार र व्यवसायीले मात्रै चाहेर मात्रै उत्पादन वढाउन नसकिने बताए ।
उनले भने, “सरकार र व्यवसायीको साझेदारीमा उत्पादन वढाउन सकिन्छ ।” सरकार उद्योगी व्यवसायीको व्यवसाय वढाउन र प्रर्वद्धन गर्न तयार रहेको उनको भनाई थियो । उत्पादन ,उद्योग र उद्योमशिलतालाई केन्द्रित गरे मात्र नीजि क्षेत्रको प्रर्वद्धन हुने उनले बताए ।
देशको समस्या ग्रस्त क्षेत्रको रुपमा पहिलो स्थानमा उद्योग व्यवसाय देखिएको भन्दै उहाँले यी समस्या समाधानका लागि संघिय सरकार र प्रदेश सरकार लागि परेको बताए । उद्योगीको हितका लागि प्रदेश सरकारले औद्योगीक बिकास ऐन र प्रदेश विकास ऐन परिमार्जनका लागि संसदमा पठाएको उनले जानकारी दिए । उनले भने, “दुई वटा ऐन परिमार्जन हुँदैछ भने दुईवटा ऐन वन्ने तयारीमा रहेको छ ।”उपभोक्ता र लगानी सम्बन्धि ऐन संसदमा दर्ता गर्ने तयारीमा प्रदेश सरकार रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले राजनैतिक उपलव्धिलाई संस्थागत गर्न नसक्दा अहिलेको अबस्था आएको बताए । उनले भने, “देशमा राजनीति सुध्रिए मात्रै समस्या समाधान हुन सक्छ ।”राजनैतिक उपलव्धि भएको भन्ने बिषयमा जनताले महशुश हुने गरी काम हुन नसकेको उनको भनाई थियो । अहिलेको बिषम परिस्थितिमा लगानी मैत्री बातावरण वनाउनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाई थियो । उनले भने “उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा प्रदेश सरकारले समेत ध्यान दिन जरुरी छ ।”
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षमा सम्पनन उद्घाटन सत्रमा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्रराज पाण्डे, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोख्रेल, उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले अहिलेको अबस्थामा उद्योग व्यवसाय बन्द हुने स्थितिमा पुगेको बताएका थिए । यही अबस्था रहे अधिकांश व्यवसायीहरु पलायन हुने उनीहरुको भनाई थियो । अर्थमन्त्रालय र राष्ट्रबैंकको द्धन्द्धका कारण समस्या आएको उनीहरुको आरोप थियो ।