चितवन । भरतपुर भ्रमण बर्ष २०२४ को पूर्वसन्ध्यामा भरतपुरमा साइकल यात्रा गरिने भएको छ । बिशेषगरी चितवनको ग्रामीण पर्यटन तथा पर्यापर्यटनको प्रर्वद्धनको लागि साईकल यात्रा गरिने भएको हो ।
भरतपुर महानगरपालिक वडा नम्बर ६ स्थित बाटुली पोखरीबाट निकुञ्जको काख हुंँदै जगतपुर सम्म ‘राईनो टु राप्ती राईड–२०८०’ साइकल यात्रा गर्न लागिएको छ । दक्षिणकाली पर्यटन सहकारी संस्था र चितवन साइकल राईडर्सको संयुक्त आयोजनामा घटनास्थापनाको अवसर पारेर यही असोज २८ गते ३० किमी साईकल यात्रा हुने आज नारायणगढमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
भरतपुर भ्रमण बर्ष आगमनको जानकारी दिन र बिशेषगरी यस बर्ष ग्रामीण पर्यटनको प्रर्वद्धन गर्न साइकल र्यालीको आयोजना गरिएको सहकारी संस्थाक अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘हामीले यस र्यालीबाट स्थानीयको कला संस्कृति, श्रोत , रितीरिवाजको बारेमा विश्व सामु चिनाउने प्रयास गर्नेछौं, श्रेष्ठले भने , अर्कोकुरा ग्रामीण पर्यटन र पर्यापर्यटनको प्रर्वद्धनमा पनि टेवा पुग्ने विश्वास छ ।’ श्रेष्ठका अनुसार साइकल राईर्डसले घटस्थापनाको दिन राईनोताल, बाटुली पोखरी हुंँदै , सिमसार क्षेत्र हुंँदै नारायणी किनार हुंँदै भरतपुर महानगरपालिका वडा नम्बर २३ को ध्रुवघाटसम्म साईकल र्याली हुनेछ ।
जंगल सफारी सहितको साईकल र्यालीले यस क्षेत्रको जैविक विविधता, पर्यापर्यटनको साथै यस क्षेत्रको पर्यटन प्रर्वद्धन र वन्यजन्तुको संरक्षणमा समेत सचेतना अभिवृद्धि हुने उनको भनाई छ । र्यालीमा संरक्षणकर्मी, अभियान्ता, पर्यटनकर्मी , साइकलप्रेमी लगायत जनप्रतिनिधि गरी १५० जनाले साइकल यात्रा गर्नेछन । यसको थप प्रर्वद्धन र साथ सहयोगको लागि हरेक चोक र टोलमा विभिन्न संघसंस्थाले यात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्यmम संयोजक, कृष्णहरी ढकाल, प्रोफेसनल एजुकेशन कल्सल्टेँन्सीका प्रबन्धक सन्तोष खनाल, सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विष्णु बहादु भुजेलले सञ्चालन गरेका थिए । ।