चितवन । चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो।
शुक्रबार रत्नगर–१५ स्थित पाञ्चायन डेरी परिषरमा भएको उक्त शिविरको लागि भरतपुर–१० स्थित मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको हो।
संयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षता रहेको उक्त कार्यक्रममा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे प्रमुख अतिथीको रुपमा रहेका थिए। त्यस्तै,अतिथिहरुमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठ ,अस्पताल सञ्चालक तथा नर्सिङ्ग विभाग प्रमुख कविता खतिवडा,पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना,पाञ्चायन डेरीका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल,दिपज्योती टोल बिकास संस्थाका अध्यक्ष पुष्पराज भण्डारी लगायतको सहभागिता थियो ।
कार्यक्रममा महिला शसक्तीकरणका संयोजक शर्मिला सिम्खडा लामिछानले स्वागत मन्तब्य राखेकी थिइन भने भने संस्थाको ब्यबस्थापक किशोर भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशकले पेवा साकोसका सदस्यहरुलाई स्वास्थ्य परिक्षणमा अस्पतालबाट २०% छुट दिईएको बताए ।।
शिविरमा नगर भित्रका ५५ जना महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको थियो । अन्य बांँकी महिलाहरुका लागि सामान्य स्वास्थ्य परिक्षण र चिकित्सक द्वारा परामर्श दिने कार्य भएको थियो।
शिविरमा स्त्री रोग विशेषज्ञ प्रमुख डा.मोना श्रेष्ठले स्वास्थ्य परिक्षण गरेकी हुन् ।
स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले पछिलो समय सामुदायिक बिद्यालयका छात्र छात्रालाई स्टेशनरी सामाग्री बितरण, शेयर सदस्य सुत्केरी भेटधाट कार्यक्रम ,शिशुलाई पोषण र न्यानो कपडा उपहार, शेयर सदस्य राहत कार्यक्रम, उच्च शिक्षा हासिल गरेका सदस्यलाई सम्मान, बाल बचत कर्तालाई बर्थडे केक उपहार वितरण लगायतका काम गर्दै आएको छ ।