चितवन।समय कोरोना संक्रमण बढ्नै जान थालेपछि चितवनमा निषेघाज्ञा कडा पार्दै लगिएको छ । यसैक्रममा कतिपय निशेधाज्ञा उल्लंघनका घटनामा समेत तीब्रता पाएको परिप्रेक्ष्यमा कारवाही प्रक्रियालाई पनि कडा पारिएको छ । आज मात्रै निशेधाज्ञाका अवज्ञा गर्ने २० जना होटल व्यवसायी तथा पसल सञ्चालन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्दै अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आदेश जारी गरेको भएपनि निश्चित समयभन्दा बढी व्यवसाय सञ्चालन गरेको भन्दै उनीहरुलाई कारवाही प्रक्रिया अघि बढाएको हो ।
यसै क्रममा नारायणगढ बजार क्षेत्रमा पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरी निषेधाज्ञाको उल्लघंन गरी होटल तथा पसल सञ्चालन गर्ने २० जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ।